बेसहाराको कथा!
प्युठान। बिमला बिकको उमेर ५२ बर्ष भयो।रोल्पाको सेराम हो जन्म घर। चतुर्भुज नजिक लुङ्ग्री खोला छेउमा एउटा सानो ओढार छ। रोल्पा प्युठान सिमानाको बगुवा’ओढारमा उनि ४ बर्ष देखि टिठलाग्दो जीन्दगी बिताईरहेकी छन।ओढारको चिसो ढुंगामाटो नै उनको निदाउने ओछ्यान बनेको छ। वरपर गाउँ छैनन् , लुङ्ग्री खोला , पहाड , बालुवा , जङ्गल बिमलाका लागि सहारा हुन् ।
ओढार बिमलाको घर हो। त्यही ओढार भित्र उनि जोखिमपूर्ण एक्लै दैनिकी चलाईरहेकी छिन । गाउँमा पस्यो, दिनभर काम खोज्यो, ज्याला मजदुरी गर्यो। अनि फेरि बास बस्न जंगलभित्रको ओढारमै फर्केर खायो । यस्तै छ बिमलाको दैनिकी । उनको काखमा नत श्रीमान,नत छोरा, नत आफन्त नै छन् । उनी परिवारमा कोही नभएपछि ओढारमा बस्न थालेकी हुन् । बिमलाका श्रीमान र दुई छोरा भारतको सिमलामा गएका थिए। उनिहरु सँगै ज्यालदारीको काम गर्थे । भारतमै उनिहरुको एकैसाथ गाडी दुर्घटनामा परी मृत्यु भयो। अनि पो एक्लि भइन बिमला। दयनिय अबस्थाका कारण घर बस्न सकिन्न। पति र दुई छोराको मृत्युपछि बिमला सहाराविहीन भईन्। प्युठानको सारीमा आफनो मामाघर थियो। उनि त्यही पुगिन । जेनतेन गुजारा चलेकै थियो। जव मामा माईजुको पनि स्वर्गबास भयो । त्यसपछी सुरु भयो बिमलाको ओढारको जिन्दगी ।‘एक्लै भएपछि विरक्त लागेर ओढारमा बस्न थालें ।’ उनले आँसु खसाल्दै भनिन,’ आमा वाउ पनि सानैमा बिते, अब जाउ कहाँ?’ श्रीमान छोरा र मामामाईजु सबैले छोडेपछि ओढारमा बसिरहेको उनले सुनाईन । ओढारको बसाई कठिन छ । अर्काको काम नगरी चुलोमा आगो बल्दैन । बिमला भन्छिन,’बिहान बेलुका खाना छाक टार्न सधै मागेर पनि नपुग्ने रहेछ ।’ ‘गाउँमा गएपनि सबैले बहुलाइ भनी हेप्छ्न् , गाउँमा बस्नै दिदैनन् ।’ उनि दुखेसो पोख्छिन।’ दिन भरी काम गर्दा पनि ज्याला कम दिने गरेको उनको गुनासो छ।
स्थानीय तह निर्वाचन भएको पनि ३ बर्ष पुग्न लाग्यो। जनप्रतिनिधी आए। तर,बेसहारा बिमलाको दुखमा कसैले ध्यान दिन सकेका छैन्न ।