दाङ । देउखुरीको राप्ती गाउँपालिकामा असाेज नाै गतेदेखि सञ्चालित तीन दिने आँखा अप्रेसन शिविरमा तीन सय बढी माेति विन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया गरिएको छ।
तिलगंगा आँखा अस्पताल काठमाडौंकाे शाखा कार्यालय तिलगंगा सर्जिकल आँखा केन्द्र राप्ती गाउँपालिका-५ सिसहनियाँकाे आयोजना तथा राप्ती गाउँपालिका दाङकाे समन्वयमा उक्त शिविर सञ्चालन भएको थियो ।
गत भदौ महिनाकाे २३ गतेदेखि असाेज ७ गतेसम्म राप्ती गाउँपालिका दाङसँगै गढवा,प्युठानकाे सरुमारानी,बाँकेको राप्ती साेनारी गाउँपालिकाका र अर्घाखाँचीकाे सितगंगा नगरपालिकाका विभिन्न २३ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरबाट छनाेट भएका ३ सय १७ जना माेति विन्दु भएका आँखाका बिरामीहरुकाे शिविरमा शल्यक्रिया गरिएको आँखा केन्द्र सिसहनियाँका इन्चार्ज बिमल बहादुर बिसीले जानकारी दिनु भयो ।
त्यस्तै तिलगंगा आँखा अस्पताल काठमाडौंका डाक्टर श्याम व्यास नेतृत्वको पाँच जना डाक्टरहरुको टाेलीले बिरामीहरुकाे आँखाको अप्रेसन गरेकाे हाे । आँखा केन्द्र सिसहनियाँले गत वर्षको चैत्र महिनामा पनि ३ सय १४ जना माेति विन्दुका बिरामीहरुले निःशुल्क शल्यक्रिया गरेको इन्चार्ज बिसीले बताउनु भयो ।
यसैबीच राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आँखाका बिरामीहरुलाई घर आगनमै सेवा दिने उदेश्यले शिविर सञ्चालन गरेको बताउनु भएकाे छ।उहाँले निःशुल्क शिविरले जनतामा स्थानीय सरकार रहेकाे प्रत्याभूति समेत गराएको बताउनुभयो ।
पालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले आँखा शिविरले नागरिकहरुकाे पैसा र समय दुबैकाे बचत भएकाे बताउनु भयो ।