आलोक भावुक/गढवा सोमबार, आश्विन १५, २०८०

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरमा एकै खोरमा बाँधिएका ६ भेडा मृत फेला परेका छन्।

छुकु चौधरीले दशैका लागि पालेर राखेका ९ भेडा मध्ये ६ भेडा मृत देखेपछि आश्चर्यचकित परेका छन्। राती १२ बजेसम्म सबै ठिकठाक थिए आइतबार बिहान करिब ३ बजे हेर्दा ४ भेडा र २ भेडी गरी ६ वटा मरिसकेका थिए भने एक अचेत अवस्थामै छट्पटाई रहेको देखे। त्यहीँ खोरमा बाँधिएका अन्य २ भेडा भने सामान्य अवस्थामा रहेको तर कान र छातीमा कुनै जनावरले टोकेको जस्तो देखिन्छ पीडित चौधरीले भन्नु भयो ।

खबर पाएछि गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा,ईलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन वली,गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा अधिकृत खेम चौधरी र पशु शाखाका कर्मचारी पुखेर घटनाको बारेमा बुझ्दा,चेकजाँच गर्दा,घटनाको प्रकृति हेर्दा कुनै वन्यजन्तुले आक्रमण गरी खाएको हुन सक्ने अनुमान गरिएको छ।

मृत ज्युँदा सबै भेडाको घाँटी र छातीमा खाएको देखिन्छ। खोरमा एउटा सानो पाठी र माउ भने जीवित रहेको छुकु चौधरीले जानकारी दिनुभयो। खोरमा भएकामध्ये एउटा बाख्राको छातीको भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुसेको पाइएको हो ।

अध्यक्ष यम नारायण शर्मा पाेख्रलको उपस्थितिमा ईलाका प्रहरी कार्यालय गढवाले मुचुल्कामा उठाएको छ। पालिकामा घटेको घटनाले आफु दुखित भएको बताउदै पालिका अध्यक्ष पोख्रेलले पालिकाबाट हुन सक्ने हरसम्भव मद्दत गर्ने आश्वासन दिनु भएको छ ।

rpt

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]