Sidha Patra शुक्रबार, आश्विन २६, २०८०

दाङ । चाडपर्व नजिकिँदै गएपछि देउखुरीको राजपुर गाउँपालिकाले स्थानीय बजारमा अनुगमन गरेको छ ।

पालिकाले शुक्रबार पालिका भित्रका पसल तथा बजारमा अनुगमन गरेर म्याद गुज्रिएका खाद्यवस्तुहरु बरामद गरि नष्ट गरेको हो ।

स्थानीय प्रहरी चौकीसँग समन्वय गरेर बजार अनुगमन गरेको थियो । अनुगमनको क्रममा बजारका विभिन्न पसलबाट म्याद गुज्रिएका करिब २० हजार मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको गाउँपालिका उपाध्यक्ष धनपती देबि यादबले जानकारी दिनुभयो । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको उपाध्यक्ष यादबले बताउनु भयो ।

गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको र बजारका पसलमा म्याद गुज्रिएको सामान फेला परेको गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत बिष्णु प्रसाद पाण्डेले बताउनु भयो । उहाँका अनुसार म्याद गुज्रिएका सामानमा खाने तेल, प्याकेजिङ मसला ,दालमोट, भुजिया, चिजबल, चियापत्ति लगायत रहेका छन् । म्याद गुज्रिएको सामान नियन्त्रणमा लिएर नियन्त्रणमा लिएको अखाद्य वस्तु जलाएर नष्ट गरिएको पालिकाको भनाइ छ । अनुगमनका क्रममा धेरै पसलहरु नवीकरण नगरेको,मुल्य सुची,पसलका होडिङबोर्डहरु नराखिएको पाइएपछि तत्काल उक्त कार्य गर्न सुझाव दिइएको छ ।

त्यस्तै अनुगमनमा राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देबि यादब, प्रहरी चौकी चङुवाका इन्चार्ज महाबिर चौधरी,महिला-बालबालिका शाखाका सहायक दुर्गा यादव,पत्रकार ,गाउँपालिका कर्मचारी लगायतको सहभागिता रहेको थियो। अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने पालिकाले जनाएको छ । यस्तै अनुगमनका क्रममा पसलेहरुले आफुहरु गाउँपालिका लगायत विभिन्न निकायमा दर्ता गराई वार्षिक रुपमा कर तिर्ने गरेको र गाडी र मोटरसाइकलमा ब्यापार गर्ने ब्यापारीहरुले आफुहरुको ब्यापारमा ठुलो असर गरेको हुँदा तत्काल नियमन गर्न आग्रह गरेका थिए ।

त्यस्तै उक्त गुनासो सुन्दै प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेले अबदेखि कुनैपनि त्यस्ता ब्यापारीहरु आएको खण्डमा पालिकालाई तत्काल जानकारी गराउन आग्रह गर्नु भयो । बाहिरबाट आएर ब्यापार गर्ने चार पाङ्ग्रे गाडीमा ब्यापार गर्ने ब्यापारीलाई १,००० र मोटरसाइकलमा ब्यापार गर्ने ब्यापारीलाई ५०० सय एकपटकमा लाग्ने अधिकृत पाण्डेले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]