दाङ । जनप्रतिनीधी,राजनितीक दल र संघसंस्थाका प्रतिनीधीहरुले खचाखच भरिएको मञ्च । दर्शक दिर्घामा एकहजारको हाराहारीमा महिला तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिती । सधैजसो मञ्चमा बस्ने नेताहरुको भाषण सुन्दा वाक्क –दिक्क भएका कार्यक्रमका सहभागीहरु भबिश्यका आशालाग्दा किरण बिद्यार्थीहरुको भाषण सुन्दा मन्त्रमुग्ध देखिन्थे भने मञ्चमा आसिन अतिथीहरु दंग परेर सुनिरहेको देखिन्थ्यो ।
प्रसंग हो गढवा गाउँपालिकाले आयोजना गरेको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान समापन समारोहमा आयोजित बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिताको । गढवा गाउँपालिका भित्र रहेका बिभिन्न बिद्यालयका १७ जना बिद्यार्थीहरुले दिनभर जसो नै लैंगीक हिंसाका कारक तत्व र हिंसा न्यूनीकरणका उपायहरु र कानून कार्यान्वयनमा जोड दिदै आफ्ना बिचारहरु राख्दै अतिथी र सहभागी दिर्घालाई दंग पर्ने गरी सुनाई रहे । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान संचालन भैरहेको बेला कार्यक्रममा बोल्ने बिद्यार्थीहरुले मञ्चमा आसिन जनप्रतिनीधी र नेताहरु समक्ष हिंसा गर्ने अपराधीहरुलाई सरकारले कडाभन्दा कडा सजाँय दिनुको साटो दिवस समारोहको अवसर जुराएर उन्मुक्ती दिने गरेको बताए ।
लैगिक हिंसा गर्ने पिडकहरुको कार्बाहीका लागि बनाईएका कानूनहरु कार्यान्वयन हुन नसक्दा हिंसा न्यूनीकरण हुन नसकेकोमा बिद्यार्थीहरुले नेताहरु सामु चिन्ता प्रकट गरे । नेपाल सरकारले यसबर्षकालागि तय गरेको लैंगीक हिंसा अन्त्यको सुनिश्चितताः महिला वालवालप्का लगानी ऐक्यवद्धता भन्ने मूलनाराको शिर्षकमा केन्द्रित भई बिद्यार्थीहरुले बक्तृत्वकलामा भाग लिएका हुन। जनमुखि माध्यमिक बिद्यालय गढवा १ रङसिङको कक्षा ८ मा अध्ययनरत सुष्मीता खत्रीले ८ बर्षका वालवालीका देखि ७८ बर्षका बृद्धआमा सम्म बलत्कृत भएको र घरकै हजुरबाऊ बाट ३ बर्षिय नातीनी समेत बलत्कृत भएको घटना सुनाउदै सरकारलाई कानून कार्यान्वयनमा गंभिर हुन आग्रह गर्नुभयो ।
कहाँ गए निर्मला पन्तको बलत्कार गरि हत्या गर्ने अपराधीहरु ? सरकारले किन कार्बाही गर्न सकेन ?–बुद्धज्योति माध्यमिक बिद्यालयको कक्षा १० मा अध्ययनरत दर्शना यादवले प्रश्न गर्नुभयो । शारीरिक, मानसिक, आर्थीक र सामाजिक ढंगले गरिने हिंसाहरु अन्त्य गर्न सरकारले कडा कानून बनाएर कार्यान्वयन गर्नुपर्नेमा जनता माध्यमिक बिद्यालय कक्षा १० का बिद्यार्थी प्रज्वल चौधरीले अग्रेजि भाषमै भाषण गर्दे जोड दिए । राप्ती साउथर्न बोर्डिङको कक्षा ९ मा अध्ययनरत प्रतिक्षा जिसीले कार्यक्रममा बोल्दै परम्परागत कुरीती तथा सामाजीक संस्कारहरु भित्र हिंसा लुकेको बताउनुभयो ।
बलत्कार, कुटपिट, बोक्सी आरोप, दाईजो प्रथा, वाल विवाह, छाउपडी सबै हिंसाका रुपहअरुलाई अन्त्य गर्न कानून बनाउने र कार्यान्वयन गर्ने निकायले कडार्य गर्न जरुरी भएको ज्ञानज्योति बोर्डिङको कक्षा १० कि छात्रा अंकीता चौधरीले बोल्नुभयो । सरकारका निकायहरुले लैंगिक हिंसा न्यूनीकरणका सचेतना कार्यक्रम संगै फितलो कानून कार्यान्वयन लाई कडार्य गर्न कार्यक्रमका सहभागी बिद्यार्थीहरुले जोड दिएका हुन् ।
गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता र प्रतिनीधीसभाका सांसद नारायणी शर्मा प्रतिक्षाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै सांसद शर्माले परम्परागत संस्कार र कुरीतीहरु हिंसाका बाधक तत्वहरु भएको र सामाजीक रुपमा सबैको मानसपटलबाट हट्न समय लाग्ने बताउनुभयो ।त्यस्तै लैंगिक हिंसा अन्त्य गर्न सबै सरोकारवालाहरु घरबाट र आफूबाटै लग्नुपर्ने भन्दै सरकारले केन्द्र देखि स्थानीय तहसम्मै हिंसा बिरुद्धका गतिविधी गर्नेहरुलाई कानून कार्यान्वयनमा जोड दिदै गरेको बताउनुभयो । शारीरीक, मानसीक, सामाजिक, आर्थीक सबै प्रकारबाट हिंसाका रुपहरु जन्मीने भएकोले हिंसाको अन्त्यगर्न आफूबाटै सुरु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रल, बिभिन्न संघ संस्था तथा राजनितीक दलका प्रतिनीधीहरुले पनी बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला तथा वालवालीका शाखाका प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो । गढवा गाउँपालिकाको मूल आयोजना र विभिन्न २३ वटा संघसंस्थाहरुसंगको समन्वय सहकार्यमा १६ दिने अभियान समापन गरिएको गाउँपालिकाले जनाएको छ ।