Sidha Patra बुधबार, मंसिर २७, २०८०

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले ढड्डा हाजिरी रजिस्टर हटाएको छ  । नगरपालिका मातहतका सबै कर्मचारीले अब ई–हाजिरी गर्छन् । ई–हाजिरीमा हातको ल्याप्चे लगाउन शुरु भएको छ । ई–हाजिरीमा कर्मचारी कतिबेला उपस्थिति भए, कति बेला बिदा भए सबै देख्न सकिन्छ ।

नगरपालिका भित्र सुशासन र पारदर्शिता कायम गर्न नगरपालिकाको कार्यालय, नगरपालिका भित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा रहेका सबै कर्मचारीको लागि ई–हाजिरीको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनु भयो ।

बिदाको लागि पनि छुट्टै निवेदन लेखेर कार्यालय प्रमुखसँग पुग्नु पर्दैन । सबै कर्मचारीको लागि छुट्टाछुट्टै पासवर्ड व्यस्था गरिएको छ । त्यहीँबाट आफ्नो बिदाको निवेदन पठाउन सक्छन् । त्यहीँ आएको निवेदनको आधारमा बिदा स्वीकृत वा अस्वीकृत भएको सबै यहीँ प्रविधिबाटै गर्न सकिन्छ । नगरपालिकाको कार्यालयमा मात्र हैन् । सबै वडा कार्यालयका कर्मचारी र स्वास्थ्य संस्थाका कर्मचारी सबै कति जना उपस्थिति भए कति भएनन् । समयमा आए आएनन् सबै नगरपालिकामै बसेर हेर्न सकिने नगरपालिकाका सूचना प्रविधि शाखाका प्रमुख विशाल महतले बताउनुभयो ।

त्यस्तै सेवाग्राहीलाई मात्र हैन कर्मचारीलाई पनि सजिलो भएको नगरपालिकाका रोजगार शाखा प्रमुख हिरामणी पराजुलीले बताउनु भयो । अब बिदा माग्नैका लागि भनेर नगरपालिकामा आउनु पर्ने बाध्यता हटेको नगरपालिकाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]