Sidha Patra सोमबार, पौष ०२, २०८०

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले ३१ औं स्थापना दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान नै जीवन हो,भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो स्थापना दिवसको अवसर वर्षेनी नियमित रक्तदान कार्यक्रम यस वर्ष पनि सोमवार सम्पन्न गरेको हो ।
रक्तदान कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकार, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र सामाजिक अभियान्ताहरुले पत्रकार महासंघलाई शुुभकामना सहित रक्तदान गरेका हुन ।

सो अबसरमा २३ जना रक्तदानहरुले रक्तदान गरेका हुन । जसमा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासन, नेकपा माओवादी केन्द्रका जिल्ला ससचिव विश्वराज आचार्य, रेमन्ता पुन, महेन्द्र बहुुमुुखी क्याम्पसका स्ववियु सदस्य गणेश पौडेल,पत्रकारहरु नेपाल पत्रकार महासंघ दाङ शाखा सहसचिव दिप्तीशिखा चौधरी, जनक नेपाली,जंग रेउले,सुनिल परियार,रविन्द्र गौतम, गिरिराज नेपाली,हेमराज परिवर्तन,उमा भण्डारी , यमकला भुुषाल,शैलेश अधिकारी,रोम थापा, पिताम्वर रिजाल र हिमाल महरा रक्तदान गरेका थिए ।
त्यस्तै पद्यमोदय क्याम्पस घोराहीका नारायणी डाँगी, निर्मला भण्डारी, बिनिता नेपाली , निरज पौडेल र दिनेश पौख्रेलले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक नेपाल पत्रकार महासंघ दाङका शाखा सदस्य गिरिराज नेपालीले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]