तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका मंगलबार, पौष ०३, २०८०

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा जग्गाको नाप नक्सा गर्ने कार्य तिब्र पारिएको छ । यसै क्रममा साेमबार पालिकाको वडा नं.५ काे भुल्केमा नाप नक्साको काम शुरुवात गरिएको छ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जिपिएस प्वाइन्ट राखिएको ठाउँबाट जग्गा नाप नक्सा गर्ने टोटल स्टेसन मेसिन सञ्चालन गरि कार्यक्रमको शुरुवात गर्नु भएको हाे ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जग्गा नाप नक्सा कार्य पछि वर्षाै देखिको जग्गा सम्बन्धी समस्या समाधान हुने बताउनुभयो ।

निर्वाचनको समयमा समेत आफूले भूमि समस्याको समाधान गर्ने प्रतिबद्धता गरेको कुरा स्मरण गर्दै अध्यक्ष विष्टले जग्गा नाप नक्सा गरि तत्काल लालपुर्जा वितरणका लागि पहल गर्ने समेत बताउनुभयो ।

त्यस्तै पालिकाकी उपाध्यक्ष कमलापती चौधरीले नाप नक्सा गर्ने कार्यमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो। उहाँले सबैकाे साथ र सहयोग भए मात्रै समयमै नाप नक्सा गर्ने कार्य सम्पन्न हुने बताउदै सानातिना विवाद भए वडामा गठित विवाद समाधान समिति मार्फत विवाद सुल्झाउन समेत सुझाव दिनुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले पालिकाको नौ वटै वडामा जग्गाको निस्सा वितरण कार्य भइ सकेको बताउदै निस्सा छुट भएका व्यक्तिहरुका लागि राष्ट्रिय भूमि आयोग दाङ सँग समन्वय गरेर अन्तिम पटक पुनः निवेदन संकलन गर्नका लागि सूचना प्रकाशन गरिने बताउनुभयो ।

हाल पालिकाको वडा नम्बर १ र ८ मा जग्गाको नाप नक्सा गर्ने काम सम्पन्न भई सकेको छ भने वडा नं.२ ,३,४ र ९ मा अन्तिम चरणमा पुगेको गाउँपालिकाका भूमि सेवा शाखाका प्रमुख बालचन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं. ५ मा आज साेमबार देखि नाप नक्साकाे काम शुरु भएको छ भने बाँकी वडा ६ र ७ मा पनि लगत्तै शुरु गरिने शाखाले बताएको छ।

गाउँपालिका भरि ४ हजार ५ सय ६४ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेका छन्। जसमध्ये ३ हजार ७ सय ७५ अब्यबस्थित बसोबासी, ५ सय ६९ जना भूमिहिन सुकुमबासी, २ सय २० जना भूमिहिन दलित रहेको शाखा प्रमुख गुरुङ्गले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]