आलोक भावुक/गढवा बुधबार, पौष ०४, २०८०

दाङ । गढवा गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम यहीँ पौष ५ गते हुने भएको छ।

पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनु भएको छ ।

शर्माका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह,भइरहेका काम र गाउँपालिकासँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ । गाउँपालिकाका निवर्तमान जनप्रतिनिधि,गाउँपालिका क्षेत्रभित्र क्रियाशिल सम्पूर्ण राजनैतिक दल,सरकारी तथा गैरसरकारी संघ संस्था,ईलाका प्रहरी कार्यालय गढवा,क्याम्पस तथा विध्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी,बैंक तथा वित्तीय संस्था,वन तथा वातावरण संरक्षण समन्वय समिति, चुरे संरक्षण विकास समिति, सामुदायिक वन,बडका पथ सिचाई आयोजना,टोल विकास संस्था, उपभोक्ता समितिकाका पदाधिकारी,नागरिक समाज लगायत सम्पूर्णका प्रमुख तथा प्रतिनिधि, समाजसेवी,बुद्धिजीवी,सञ्चारकर्मी/पत्रकार, सेवाग्राही साथै गढवाबासीलाई उपस्थितिको लागि अनुरोध गरिएको छ।

त्यस्तै सार्वजनिक सुनुवाइ कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने गढवा गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]