
Gsb
Usb
Ksb
Csb
Fmb
Tgp
Ssb
Ssb
jsb
Rks
Ksb
Ksb
Bsn
Ppu
Nsb
Rsb

Tsb
Gsb
Ssb
Usb
Hl1

Nps
ptl
Rgu
दाङ । प्रहरीले चितुवाको छाला र लागू औषध अफिम सहित दुई जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं ८ बनगाउँमा चितुवाको छाला र लागू औषध कारोबार भई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार दिउसो दुई बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १२ का २६ बर्षीय मधु डाँगी,प्युठान नौबाहिनी गाउँपालिका वडा नं ५ का २७ बर्षीय धनसिंह टमाटा रहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट प्रहरीले ३ किलो,७ सय,५० ग्राम लागू औषध ९ अफिम र पुच्छर सहितको ६ फिट ११ ईन्च लम्वाई भएको चितुवाको छाला बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिनु भयो ।
