Sidha Patra बिहिबार, चैत्र २९, २०८०

हरेक वर्ष नयाँ बनेर आउने
कहिल्यै पुरानो बन्न नचाहने
प्रिय नयाँ वर्ष…..!
तिमी हरेकलाई खुसी
अनि उमङ्ग लिएर आउनू
प्रिय नयाँ वर्ष….!
विगतमा तिमी कुनै कुरामा
चुकेको भए…..!
अनायास दु: ख दिएको भए
प्रिय नयाँ वर्ष ……..!
यसपालि कुनै कुरामा नचुक्नू
सबैलाई अनुकूल बन्न त सक्दैनौ होला…!
तर पनि प्रिय नयाँ वर्ष….!
सच्चा बाटोमा डिड्न चाहनेहरुलाई
कत्ति दु:ख नदिनु…..!
प्रिय नयाँ वर्ष……!
तिमी फेरिन्छौ हरेक साल
तर हाम्रा विगत टाढिदै जान्छन्
तिम्रो आगमनले खुसी हुने हामी
झसङ्ग हुन थालेका छौँ……!
प्रिय नयाँ वर्ष……..
किनकि तिमीलाई स्वागत
गर्दा गर्दै हाम्रा बालापन बिते
किशोरावस्था बिते
पत्तै भएन
प्रिय नयाँ वर्ष…..!
तिमी फेरिँदै जाँदा नयाँ बन्छौ
तर हामीलाई पुरानो बनाउँछौ
तर पनि हामी चित्त बुझाउँछौँ
तिम्रो स्वागत गरिरहन्छौँ
प्रिय नयाँ वर्ष……….!
तिमीले अब…..
हामीलाई वर्षभरिको योजना
बनाउन सिकाउनू
जुन योजनाले हामीलाई
बिगतमाभन्दा अझ सफल बन्न सिकाओस्
प्रिय नयाँ वर्ष …….!
तिमीले हरेकलाई
स्वस्थ तन अनि स्वस्थ मन दिनू
जसको प्राप्तिले कोही दु:खी बन्न नपरोस्
प्रिय नयाँ वर्ष…….!
तिमी कठोर नबनीदिनू
किनकि…….
जगतमा कैयौं दु:खका प्रहरहरु…….!
हामी मानवले सामना गरेका छौँ
प्रिय नयाँ वर्ष…….!
अब देशमा संम्बृद्धि
अनि….
सुशासन लिएर आउनू
युवालाई राष्ट्र निर्माणमा लाग्ने
उत्साह र उमङ्ग लिएर आउनू
प्रिय नयाँ वर्ष…….!
तब राष्ट्र संबृद्ध बन्नेछ
विगतमा तिम्रो स्वागत गरिरहेकाहरु….!
अझ……..
सशक्त ढंगले स्वागत गर्न आतुर छौँ।
प्रिय नयाँ वर्ष…..!स्वागत गर्न आतुर छौँ।

                                       तेजप्रसाद खनाल
लमही दाङ

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]