इराधा झाक्री मगर/राप्ती गाउँपालिका आइतबार, बैशाख ३०, २०८१

दाङ । नेपाल मगर संघ र भालुबाङ फुटबल टिमको सातौं स्वर्गीय निजाम खान प्रकाश रोका मगर तथा पहिलो प्रीयङ्का जि.एम स्मृति कप फुटबल प्रतियोगीता शनिबार उद्घाटन  भएको छ ।

फुटबल प्रतियोगीताको उद्घाटन राप्ती गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गेम बहादुर खड्काले गरेका हुन् । खड्काका अनुसार खेलमा राम्रो अनुशाशीत भएर लाग्नु पर्ने कुरा जोड दिए ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका महानुभाभहरुको बाक्लो उपस्थित रहेको थियो । शनिबारदेखि चलेको खेल जेष्ठ ५ गतेसम्म चल्ने आयोजकले बताएको छ । प्रतियोगितामा १० टिम पुरुष र महिला तर्फ ५ टिमले खेलमा भाग लिएका छन ।

उक्त प्रतियोगिता देश,बिदेशबाट संकलित सहयोगबाट खेलाउन लागिएको हो । त्यस्तै उद्घाटन पछि भालुबाङ बि र राप्ती ३ मसुरियाको बिच खेख भएको थियो ।

नेपाल मगर संघ राप्ती-१का अध्यक्ष केशमान पुन मगरको अध्यक्षता तथा राप्ती-१ का वडा अध्यक्ष गेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रमको संचालन डेउसिङ पुन मगरले गरेका थिए।

प्रतियोगितामा पुरुष प्रथम:५०,०००
दोस्रो:२५,०००
तेस्रो:१५,०००

त्यस्तै महिला पहिलो:१०,०००
दोस्रो:५,०००
तेस्रो:३,०००

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]