भानु जोशी/लमही आइतबार, जेठ २०, २०८१

दाङ । देउखुरीको लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा शुक्रबारबाट जारी भएको भारत- नेपाल मैत्रीपुर्ण टि-२० सिरिजको उपाधी २-१ ले देउखुरी वारियर्सले हात पारेको छ ।

भारतको आन्द्र प्रदेश स्थित ग्रेट स्टेप क्रीकेट संघ अफ इन्डिया बाट आएको टोलि र नेपाल दाङ स्थित देउखुरी वारियर्स बिच भएको मैत्रीपुर्ण खेलको आज दोस्रो दिनको पहिलो म्याच बिहान भएको खेलमा वारियर्सले जित्दै सिरिज पक्का गरेको हो ।

शनिबार बिहान ८ वजेबाट भएको सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतिय टिमले ९ दशमलव ५ बल खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर ४६ रन मै समेटियो । भारतिय टिमका लागि कनुरी साईरामले १९ रन र कोराई मणिकन्तले १० रन बनाए । भारतिय टिम लाई सस्तैमा रोक्न वारियर्सका दिवान पुनले ३दशमलव ५ ओभरमा १ मेडन राखी ४ रन खर्चेर ८ विकेट लिएका थिए । तेस्तै तुल बहादुर थापा र राज कुमार कुमालले समान १-१ विकेट लिए ।

जवाफी ४७ रनको लक्ष्य पछ्याएको वारियर्सले उक्त लक्ष्य ९ओभर पूरा खेल्दै आफ्नो २ विकेट गुमाएर ५० रन बनाउदै पूरा गर्यो । वारियर्सका लागि किशन भारतीले नटआउट २४ रन र मुनिन्द्र गुप्ताले १३ रन नटआउट बनाए । बलिङमा भारतिय टिमका मनिकन्तले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए ।यो खेल वारियर्सले ८ विकेटले विजयी भयो । उक्त खेलको म्यान अफ द म्याच वारियर्सका दिवान पुन भए । उनलाई वारियर्सका अध्यक्ष सरोज बस्नेतले म्यान अफ द म्याचको ट्रफी र अम्पायर दुर्गा प्रसाद गुप्ताले ५ विकेट हल को बल प्रदान गरे ।

तेस्तै शनिबार दिउँसो ३:३०बजे सुरु भएको सिरिजको अन्तिम औपचारिक खेलमा टस जितेर ब्याटिङ गरेको भारतिय टिमले १८ दशमलव ३ बल खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर १३४ रन बनायो । उसका लागि नन्दपुरी रामुले ३१रन, एम द्वारका देशाईले २९रन र बिछुकरी अभिशेकले १४रन बनाए । बलिङमा वारियर्सका लागि सुरज खनालले ३ विकेट, अतितराज पाण्डे र राम बरन यादबले २-२ विकेट लिए । तेस्तै निशान केसि, मुनिन्द्र दास र अख्लेश चन्द गुप्ताले १-१ विकेट लिए ।

जवाफी १३५ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको वारियर्स २० ओभर पूरा खेल्दै आफ्नो ९ विकेट गुमाएर मात्र ११७ रन बनायो । वारियर्सका लागि प्रसेस सुनमले ३० रन, मुनिन्द्र दासले २० रन र अख्लेश चन्द गुप्ताले १७ रन बनाए । बलिङमा भारतिय टिमका लागि के सुकुमार शनि र कप्तान शेख वाजिदले २-२विकेट लिए । तेस्तै के मनिकन्त, के साईराम, एम देशाई र साना शिव दिनेशले १-१ विकेट लिए । यो सङै यो खेल भारतिय टिमले १७ रनले विजयी हुँदै सान्त्वना जित गर्न सफल भयो ।

त्यस्तै यो खेलका म्यान अफ द म्याच भारतिय टिमका एम देसाई भए । उनलाई वारियर्सका प्रवन्ध निर्देशक रोहितराज बुढाथोकीले ट्रफी प्रदान गरे । तेस्तै सिरिजको पहिलो खेल वारियर्सले ७४ रनले जित्न सफल भएको थियो । यो सङै नेपाल- भारत मैत्रीपुर्ण टि-२० सिरिजको उपाधी २-१ ले देउखुरी वारियर्सले जित्न सफल रह्यो । यो प्रतियोगिताको उत्कृष्ट खेलाडी वारियर्सक मुनिन्द्र् दास भए । यो सङै उपबिजेता टिमले प्रमाण पत्र र बिजेता टिमले प्रमाणपत्र र प्रथम ट्रफी प्राप्त गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]