Sidha Patra शुक्रबार, आषाढ ०१, २०८१

दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा कार्यरत करार शिक्षकलाई हटाउन लागिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

शिक्षक अभाव भैरहेका बेला राजनितीक आस्थाका आधारमा शिक्षकलाई हटाउन थालिएको र पठनपाठन प्रभावित हुने भन्दै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । आयुर्वेदको एउटा विभागमा ४ जना विज्ञ शिक्षक हुनु पर्ने चिकित्सा शिक्षा आयोगको मापदण्ड भएको अवस्थामा हाल अध्यापन गराइरहेका २ जना शिक्षक लाई पनि राजनितीक आस्थाका आधारमा असार महिनादेखी करार अवधी थप नगरी हटाउन लागेको भन्दै विद्यार्थीहरुले विश्वविद्यालय पदाधिकारीहरुको ध्यानाकर्षण गराएका हुन् ।

यस्तै केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डका स्ववियु सभापति हेमन्त वन्जाडेले विद्यार्थीको पठनपाठन प्रभावित गर्नेगरी विश्वविद्यालयले चालेको कदम आफुहरुलाई कदापी स्वीकार्य नहुने बताए । आफहरुको आग्रहलाई बेवास्ता गरीए स्ववीयु कठोर कदम चाल्न बाध्य हुने उनको भनाइ छ । केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा कार्यरत करार शिक्षकहरु आयुर्वेद शल्यचिकित्सक मदन भण्डारी र रस शास्त्र विज्ञ अमित कर्णलाई असार देखी हाजिरी नगराउने राजिष्टार माधव अधिकारीले मौखिक आदेश दिएको भन्दै क्याम्पस प्रशासन अन्यौलमा रहेको श्रोतले बताएको छ । आधिकारीक रुपमा पत्र नआएको तर मौखिक आदेश आएकाले हाजिरी गराउने कि नगराउने भन्नेमा आफुहरु अन्यौलमा रहेको क्याम्पस प्रशासनको भनाइ छ ।

त्यस्तै चिकित्शा शिक्षा आयोगको मापदण्ड अनुसार केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा ५० बढि शिक्षक हुनुपर्ने भएपनि हाल २० जना शिक्षक मात्रै कार्यरत छन् । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा २ सय बढि विद्यार्थीले आयुर्वेद स्नातक अध्ययन गरीरहेका छन । विद्यार्थी संख्या उल्लेख्य भएपनि शिक्षकको व्यवस्थापन गर्न र पठनपाठनलाई गुणस्तरीय बनाउन विश्वविद्यालयले कुनै चासो नदिएको आरोप विद्यार्थीहरुको छ । साथै विद्यार्थीहरुले त्यहाँ अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासका लागि आवस्यक पर्ने सुविधा सम्पन्न आयुर्वेदिक अस्पताल निमार्णमा विश्वविद्यालयले कुनै ध्यान नदिएको र विद्यार्थीहरु मर्कामा परेको स्ववियुले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]