टेकबहादुर पुन/जिल्ला ब्युरो मंगलबार, आषाढ १२, २०८१

दाङ । देउखुरीको लमही नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि जम्मा ८४ करोड ५१ लाख २४ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

सोमबारका नगरसभामा उक्त बराबरको बजेट प्रस्तुत गरिएको नगर प्रबक्ता मोहन गिरीले बताए । संघीय सरकारको समानिकरण अनुदान १४ करोड ६ लाख, संघीय राजश्व बाँडफाँड१४ करोड ६ लाख, संघीय सशर्त अनुदान चालुतर्फ २३ करोड ३२ लाख पाँच हजार, पूँजिगत तर्फ १० करोड २३ लाख, संघीय सरकार समपुरक अनुदान एक करोड ५० लाख, अनुमान गरिएको छ ।

यसैगरी प्रदेश सरकारको ११ करोड ९६ लाख, प्रदेशसरकारको समपुरक अनुदान १० लाख पाँचहजार,प्रदेश राजश्व वाँडवाँड सवारी कर १७ करोड ६९ लाख, आन्तरिक श्रोत आठ करोड १४ लाख, स्थानीय राजश्व बाँडफाँडबाट ६ करोड, प्रदेश सरकारको सशर्त अनुदान १० लाख पाँच हजार अनुमान गरिएको छ ।

ब्ययतर्फ नगरका प्रत्यक वडामा ७८/७८ लाख बजेट सिमा निर्धारण गरिएको छ । सभाले सबैभन्दा बढि प्रशासनिक खर्चमा १५ करोड सिमा निर्धारण गरेको छ । त्यस्तै समपुरक कोषमा ३ करोड, क्रमागत आयोजना ४ करोड, शिक्षा युवा तथा खेलकुदमा ३ करोड, स्वास्थ्यमा ५० लाख, कृषीमा ७० लाख, पशु सेवामा ५० लाख, लमही अस्पतालमा १ करोड, १० लाख रुपैया सँगै अन्य बिषयगत शाखाहरुमा बजेट सिमा तोकेको छ ।

सोमबार नगरको १५ औँ नगरसभामा नगरप्रमुख जोगराज चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । उपप्रमुख लक्ष्मी योगीको अनुपस्थितीमा प्रमुख चौधरीको आदेशानुसार आर्थिक शाखा प्रमुख तथा वडा नम्बर ३ का वडाध्यक्ष मनोज कुमार चौधरीले बजेट प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]