Sidha Patra शनिबार, आषाढ २३, २०८१

वीरगन्ज । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिस सिंहले ४ दलका ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री सिंहले एमाले र जनतमबाहेकका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री सिंहले आइबार मध्यान्ह माओवादीका २, एकीकृत समाजवादीका २ र साना दलबाट बनेका २ जना मन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।

त्यस्तै मुख्यमन्त्री सिंहले भने, ‘प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई मन्त्रिपरिषद् पुनर्गठन गरेको पत्र बुझाइसकेको छु, ४ दलका ६ जना मन्त्रीलाई बर्खास्त गरिएको छ । अब केही बेरमा प्रदेश प्रमुखको कार्यालयबाट त्यो पत्र सार्वजनिक हुनेछ ।’
केन्द्रमा नयाँ समीकरण बनेपछि उक्त समीकरण अनुसार प्रदेशबाट माओवादी,एकीकृत समाजवादी र २ साना दलका मन्त्रीहरूलाई मुख्यमन्त्री सिंहले हटाएका हुन् ।

यस्तै माओवादीका अर्थमन्त्री भरत साह, उद्योग मन्त्री युवराज भट्टराई, र एकीकृत समाजवादीका भूमि व्यवस्था मन्त्री गोविन्द न्यौपाने तथा ऊर्जा मन्त्री बेची लुङ्गेलीलाई मुख्यमन्त्री सिंहले हटाएका हुन् । मुख्यमन्त्री सिंहले नागरिक उन्मुक्ति पार्टीका श्रम मन्त्री उर्मिला सिंह र नेपाल संघीय समाजवादीका गृह तथा सञ्चार मन्त्री विमला अन्सारीलाई आज बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले बर्खास्त गरेका मन्त्रालयहरूमा आजै कांग्रेस र लोसपालाई दिने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । कांग्रेसले ४ मन्त्री र २ जना राज्यमन्त्री लिएर सरकारमा सहभागी हुँदैछ भने लोसपाको अहिलेसम्म टुङ्गो लागेको छैन ।

त्यस्तै स्रोतका अनुसार लोसपाले २ वटा मन्त्रालय मागिरहेको छ । तर मुख्यमन्त्रीज्यूले एउटा लिएर सरकारमा सहभागी हुन अनुरोध गरिरहेको बताइएको छ । त्यसकारण भागबन्डामा सहमति हुन नसकेको स्रोतले जानकारी दिएको छ । यसैबिच मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् पुनर्गठन गर्न लाग्दा बर्खास्त गरिएका दलहरूलाई धन्यावाद ज्ञापन गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा बर्खास्तको पत्र बुझाउनु अघि एक पत्रकार सम्मेलन गरी अहिलेसम्म सरकारमा सहभागी भएका ४ वटै दललाई धन्यवाद ज्ञापन गरेका हुन् । पत्रकार सम्मेलनमार्फत उनले भने, ‘अहिलेसम्म मलाई सबैलाई सहयोग गर्नु भएको छ, त्यसमा कुनै शङ्का छैन । तर राजनीतिक परिस्थितिका कारण समीकरण परिवर्तन गर्नु परेको छ । त्यही कारण यो अवस्था सृजना भएको हो मुख्यमन्त्री सिंहले भने ।’

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]