Sidha Patra सोमबार, आषाढ २५, २०८१

दाङ । घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ । घोराही नगर हाप्कडो संघको आयोजना तथा दाङ जिल्ला हाप्किडो संघको सहयोगमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको हो ।

आयोजक घोराही नगर हाप्कडो संघले सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर आउने साउनको १८ र १९ गते घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप गर्न थालेको जानकारी दिएको छ । जिल्लामा खेल खेलकुदलाई निरन्तर चलाएमानसँगै खेलाडीको क्षमता विकास,अनुभव र अवसर प्रदान गर्नका लागि प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक तथा घोराही नगर हाप्कडो संघकी सचिव रुपाकुमारी बुढा मगरले जानकारी दिए ।

सचिव बुढा मगरका अनुसार घोराही नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिपमा घोराही नगरभित्र रहेका ३२ वटा स्कुल हाप्किडो डोजाङ टिमका चारदेखि पाँच सय खेलाडीको सहभागीता हुने छ । प्रतियोगितामा फाइटतर्फ महिला र पुरुष दुवैतर्फ १६–१६ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा २०, २०–२४, २४–२८, २८–३२, ३२–३६, ३६–४०, ४०–४४, ४४–४८,४८–५२, ५२–५६,५६–६०, ६०–६४, ६४–६८,६८–७२, ७२–७६ र ७६–८० तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै सेल्फ डिफेन्स÷डेमोष्ट्रेशन, हाईफल, लङफल र विपन टेक्निकमा फ्रि तौलमा पनि प्रतिस्पर्धा हुने छ । प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिने छ । दाङ जिल्ला हाप्किडो संघले जिल्लामा स्थानी यस्तरदेखि नै खेल क्षेत्रको विकास र खेलाडी उत्पादन र प्रतिभा पहिचान र संरक्षण गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको संघका अध्यक्ष महेश गुरुङले जानकारी दिए । घोराही नगर हाप्कडो संघकी सचिव रुपाकुमारी बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण घोराही नगर हाप्कडो संघका सचिव विशाल थापाले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]