तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बुधबार, साउन ३०, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा द्रुत प्रतिकार्य सम्बन्धी एक दिने कार्यशाला गाेष्ठी मंगलबार पालिकाकाे सभाहल मसुरीयामा सम्पन्न भएको छ ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजना एवं लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र विश्व स्वास्थ्य संगठनकाे सहकार्यमा विपद् तथा महामारी बाट हुन सक्ने सम्भावित क्षतिलाई समयमै न्यूनीकरण गर्ने तथा आपतकालीन अवस्थामा छिटो र प्रभावकारी रूपमा प्रतिक्रिया दिन आवश्यक ज्ञान, सीप र रणनीतिहरूको विकास गर्ने उदेश्यले साे कार्यशाला गाेष्ठी सम्पन्न गरिएको हाे।

कार्यक्रममा द्रुत प्रतिकार्य समितिका काम कर्तव्य र अधिकार ,विपद जाेखिम तथा महामारीको पहिचान र त्यसको रोकथामका उपाय लगाएतका विषयहरुमा सहभागीहरुलाई जानकारी गराइएकाे थियो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जनप्रतिनिधिहरुले काम गर्नका लागि विभिन्न निति नियम बनाई दिने र कर्मचारीले कार्यान्वयन गर्ने भएकाले विपद्को समयमा सावधानिपूर्वक काम गर्नु पर्ने बताए ।

मानविय स्वस्थ्य सम्बन्धी विपदमा स्वास्थ्यकर्मी नै सबै भन्दा बढी लाग्नु पर्ने बताउदै अध्यक्ष विष्टले महामारी फैलन नदिन समयमतापूर्वक काम गर्न आग्रह गरे ।

त्यस्तै द्रुत प्रतिकार्य समिति र टोलीबिच समन्व्य गरेर गाउँपालिकामा आई पर्ने हरेक स्वास्थ्य सम्बन्धी विपद र महामारीमा गम्भिर भएर काम गर्नु पर्नेमा उनको जोड रहेको थियो । अध्यक्ष विष्टले विपद् आउन नदिनका लागि पहिल्यै सजग हुन आवश्यक रहेको उल्लेख गरे ।

जनप्रतिनिधि,विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, स्वास्थ्यकर्मी सहित द्रुत प्रतिकार्य समिति र टोलीको सहभागिता रहेको कार्यक्रमको सहजिकरण लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरत बहादुर कवर र जिल्ला स्वास्थ्य कार्यालय दाङका द्रुत प्रतिकार्य टाेलीका फाेकल पर्सन कमल चन्दले गरेका थिए ।

गाेष्ठी राप्ती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय द्रुत प्रतिकार्य समितिका संयाेजक प्रकाश विष्टकाे अध्यक्षता तथा स्वास्थ्य शाखा प्रमुख नारायण राउतकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]