रौतहट । रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लाग्दा आमा, छोराको मृत्यु भएको छ । स्थानीय परोहा नगरपालिका–७ नरकटिया टोलका राजेश साहकी ३५ वर्षीय पत्नी ललिता देवी साह र १८ वर्षीय छोरा अर्जित साहको करेन्ट लागेर मृत्यु भएको हो ।
त्यस्तै जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार मंगलबार दिउँसो धारामा जडान गरिएको मोटर चलाएर लुगा धुने क्रममा आमा, छोरालाई करेन्ट लागेको थियो ।
यस्तै दुवै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले गएराति मृत घोषित गरेको प्रवक्ता रायले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।