Sidha Patra मंगलबार, आश्विन २९, २०८१

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्ति पिठहरुकाे दर्शन गरेका छन् ।

ऐतिहाँसिक तथा पुरातात्त्विक महत्त्व बाेकेका धार्मिक स्थलहरुलाई पर्यटकीय गन्तव्य स्थल बनाउनेगरी काम अघि बढेकाे जानकारी दिए । मुख्यमन्त्री आचार्यले मालारानी गाउँपालिका-८ मा रहेको रागामारे मन्दिर र वडा नम्बर ३ मा रहेकाे मालारानी मन्दिरको दर्शन गरेका हुन् ।लुम्बिनी प्रदेश सरकारले पुरातात्त्विक महत्त्व बाेकेका मठ,मन्दिर तथा सम्पदाकाे संरक्षण,सम्बर्द्धन र विकासका लागि प्राथमिकतामा राखेकाे,लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरुलाइ जाेड्नेगरि याेजना बनाएकाे छ। सबै धर्म,संस्कृति,परम्परा, सम्पदाहरुलाइ प्रदेश सरकारले समान महत्त्व दिन्छ । पुरातात्त्विक सम्पदाकाे संरक्षणका लागि सरकारले याेजना बनाउछ´उनले भने -`समुदायकाे साथ, सयाेग र सहकार्यबाट संरक्षण,सम्बर्द्धनका कामहरु हुन्छन ।´ प्रदेश सरकारले विश्व पर्यटन दिवसकाे सन्दर्भ पारेर `घुमाैं लुम्बिनी´काे लागि आह्वान गरेकाे थियाे ।

त्यस्तै गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुका पुर्‍याउने याेजना अघि सारिएको हाे । समृद्ध लुम्बिनी,आत्मनिर्भर प्रदेशकाे संकल्प पूरा गर्ने आधार कृषि,पर्यटन र उद्योगलाई मानिएको छ । पर्यटन मैत्री वातावर्ण निर्माणकाे जिम्मा सरकारले लिने मुख्यमन्त्री आचार्यकाे भनाइ रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]