Sidha Patra शनिबार, कार्तिक ०३, २०८१

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोलामा सांस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

मेला व्यवस्थापन समितिका अध्यक्ष रमेश बिकको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले माररीमा विकास गर्नका लागि जनताहरु एकजुट र सचेत भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले माररी खोलाको विकास गर्नका लागि तत्काल बेलादेखि माररी खोलासम्मको बाटो र विद्युत लाइनका लागि सर्भे गर्दा जंगलमा पर्ने रुखहरु काट्ने क्रममा विभिन्न समस्याहरुसंग जुध्दै गर्दा आफुहरुले मुद्दा समेत खेप्नुपरेको स्मरण गर्दै आगामी दिनमा निरन्तर पालिका भित्रको विकासमा लाग्ने बताए ।उनले वडा नम्बर १ को सुकौली र सिरिया नाकामा पानी खुवाउनका लागि विभिन्न समयमा वडा अध्यक्षलाई २/४ दिन लगातार पठाएर त्यहाँका नागरिकलाई झक्झकाउदा बल्ल पानी खुवाउन सम्भव भएको बताए । त्यसैगरी उनले बेला,ताउले हुँदै पटौली नाका जोड्ने बाटोका लागि गुरुयोजनामा पारी सकेको र वडा नम्बर १ को गुरुङ नाकादेखि पश्चिम् भौवा नाकासम्म जोड्ने बाटोको लागि पनि गुरुयोजना अन्तरगत परि सकेको हुँदा अब कुनै चिन्ता लिनुपर्ने नभएको बताए ।यस्तै अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिका भित्र कृषकले उत्पादन गरेको खाद्यान्न लगायत अन्य उत्पादित बस्तुमा बिचुलियाले फाइदा लिने र कृषकले पाउनुपर्ने रेड नपाएको समस्यालाई मध्यनजर गरेर अहिले पालिकाद्वारा बेला-राजपुर कृषि सहकारी संस्था खोलेर कृषकलाई राम्रो मुल्य प्रदान गरिरहेको समेत बताए ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहेकी राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादवले पहिलेको तुलनामा अहिले विकासको कार्यले धेरै गति लिएको बताएकी छिन् । उनले वर्षाको समय बाहेक अन्य समयमा गाडी चढेर खोला,नाका जाने आउने वातावरण बनेको समेत बताइन् ।

उनले पालिका भित्रका महिला दिदिबहिनीहरुका लागि विभिन्न सीपमूलक तालिम दिने गरेको र साथसाथै जनचेतनामूलक कार्यक्रमहरु गरेर जनस्तरमा जनचेतना समेत जगाउने गरेको बताइन् । उनले भलिबल खेलाडीहरुको लागि खेल हुनु अघि आयोजकलाई खेल सामग्रीहरु प्रदान गरेको र आगामी दिनमा पनि निरन्तर गर्ने बताएकी छिन् ।

यस्तै कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सुर्य प्रसाद चौधरीले वडाको विकासका लागि प्रदेशका मन्त्री सहितको टोलीलाई नाका क्षेत्रमा लगेर त्यहाँको बारेमा अध्ययन गराइ सकेको र अब छिट्टै संघीय मन्त्री सहितको टोलीलाई वडा नम्बर १ को नाका क्षेत्रमा लिएर जाने तयारी गरेको बताएका छन् । यस्तै उनले आफ्नो वडा भित्रको समग्र विकासका लागि आफू लगायत आफ्नो टिम निरन्तर लागि परेको समेत कार्यक्रममा बताए ।

त्यस्तै जलबरा मिडियाका संचालक टोपेन्द्र खनालले जनताले अहिले असल शासन गर्ने व्यक्ति र साझ बिहान खाने रासन खोजेको हुँदा जनताका लागि सम्बन्धित सरोकारवाला निकायले सोही बमोजिम कार्यहरु गर्नुपर्ने बताएका छन् । उनले अहिलेका जनप्रतिनिधिहरु जुन पोस्टमा छन् । त्यो पोस्टमा पुराउनका लागि कुनै चाइना र भारतका नागरिक आएर मतदान नगरेको र यहाँकै नागरिक आफ्नो अमुल्य मतदान गरेर सो स्थानमा पुर्‍यएको हुँदा यहाँका नागरिकहरुको हितका लागि कार्य गर्नुपर्ने बताए । उनले कुनै पनि व्यक्तिलाई पोस्टमा पुर्‍याएपछि खुट्टा तान्ने प्रविधिको अन्त्य गरेर काम गर्न दिनुपर्ने बताए ।

कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका खनालले जनप्रतिनिधिलाई आगामी दिनमा राम्रो कामको मात्र प्रचार गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे । उनले भने,हामीले राम्रो कामको प्रचार गर्न पाइयोस् । राम्रो भिडियो बनाउन पाइयोस् ।

दियो असल शासन युवा क्लबका अध्यक्ष गुलसन सुनारको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा नृत्य प्रतियोगिताबाट प्रथम बेला युवा क्लब र द्वितीय आयोजक टिम बिजय भएको आयोजकले जनाएको छ । त्यस्तै भलिबल प्रतियोगितामा प्रथम राजपुर-३ करङ्गा खोला,द्वितीय राजपुर-१ सुकौली नाका र तृतीय राजपुर -१ पटौली नाका बिजय भएको छ । खेल टिटि सिस्टममा खेलाइएको थियोे ।त्यस्तै महिला भलिबल प्रतियोगितामा प्रथम राजपुर १ सुकौली नाका,द्वितीय राजपुर -३ करङ्गा र तृतीय माररी आयोजक टिम रहेको उक्त कार्यक्रमको संचालन वडा नम्बर १ का दलित महिला सदस्य भिम कुमारी सुनारले गरेकी थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]