बर्दिया । बर्दियामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा जिल्लाको बाँसगढी नगरपालिका वडा नम्बर – ८ ककौरा झनैया टोल बस्ने २२ वर्षीय बिक्रम भण्डारी रहेको प्रहरीले जनाएको छ । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
यस्तै भण्डारीले ती किशोरीलाई गत असोज २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।