Sidha Patra बिहिबार, कार्तिक ०८, २०८१

काठमाडौं । रुपन्देही जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी माथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले बिहीबार उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको हो। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छविसँगै १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।

त्यस्तै यसअघि सुप्रिम सहकारीको रकम अपचलनको विषयमा छविलाल जोशीसँग जिल्ला अदालत रुपन्देहीमा दुई दिन बयान लिइएको थियो।
सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारी सम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो ।

लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पहिलो पटक ६ दिनको म्याद सकिएपछि प्रहरीले थप ७ दिन हिरासतमा राख्न बिहीबार नै जिल्ला अदालतबाट अनुमति लिएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीको मुद्दा दायर गरेको थियो । जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।

त्यसमध्ये सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरिएको थियो । यसमा २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा चेक काटेर ऋण लगिएको थियो । यो कुरा सुप्रिमकी तत्कालीन लेखापालले पनि बयानमा भनिसकेकी छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]