शिबराज पन्थी/सिधा-पत्र कर्मी शुक्रबार, कार्तिक ०९, २०८१

दाङ । देउखुरीको गढवा र राजपुर गाउँपालिका कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय गढवाको परिसरमा सुविधा सम्पन्न र अत्याधुनिक सेवाकेन्द्र भवन निर्माण हुने भएको छ ।वेलायत सरकार र प्रहरी प्रधान कार्यालयको संयुक्त साझेदारीमा सञ्चालित सुरक्षा तथा न्याय परियोजना ( ग्लयउक ) अन्तर्गत महिला वालवालीका तथा जेष्ठनागरिक सेवाकेन्द्रको सुविधासम्पन्न भवन निर्माण हुने भएको प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी बरिष्ठ उपरिक्षक रामकुमार चौधरीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा विहिवार नेपाल प्रहरीको विज्ञ टोलीद्वारा भवन निर्माणको स्थलगत अध्ययन तथा स्थानीयहरुसंग अन्र्तकृया कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्देशनालय अन्तरगत सुरक्षा तथा न्याय परियोजना मार्फत लुम्बिनी प्रदेशका बुटवल,चन्द्रौटा,कोहलपुर र दाङको गढवा गरि ४ स्थलहरुमा आधुनिक र सुविधासम्पन्न सेवाकेन्द्रका भवनहरु निर्माणका लागि प्राबिधिक स्टिमेट तयार गरेर ठेक्का टेण्डर समेत भैसकेको जानकारी गराइएको हो ।

नेपालका ३६ जिल्लामा ५८ वटा सेवाकेन्द्र संचालनका यस्ता भवनहरु निर्माण गर्न थालिएको प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी बरिष्ठ उपरिक्षक रामकुमार चौधरीले बताए । दाङ जिल्लाको इलाका प्रहरी कार्यालय गढवाको परिसरको दक्षिणतर्फ निर्माण गरिने यस भवनको अलग्गै बाउण्ड्री तथा गेट रहने र नागरिक मैत्री सेवा प्रवाह गरिने कार्यक्रममा जानकारी गराईएको हो ।

त्यस्तै उक्त भवनमा चिल्ड्रन पार्क,परामर्श कक्ष, मुद्दाफँट,संचार कक्ष, ईण्ट्री कक्ष, स्वागत कक्ष, भान्छा, रेष्टरुम लगायतका बिभिन्न कक्षहरु रहने साथै सुविधा सम्पन्न अत्याधुनीक,भूकम्प प्रतिरोधी र अपांगमैत्री संरचना निर्माण गरिने बताइएको छ । झण्डै ३ करोडको लागत स्टिमेटमा महिला वालवालीका तथा जेष्ठ नागरिक सेवाकेन्द्रको उक्त भवन निर्माण गरिने भएको छ ।

भवन निर्माण संगै २ बर्षसम्म गढवा र राजपुरका १५ वटै वडाहरुमा सेवा प्रबाह हुनेगरी घरेलु हिंसा, लैंगिक हिंसा र वालविवाह न्यूनीकरण, वाल यौन दुब्र्यवहार, जर्वजस्ती करणीका घटनाहरु न्यूनीकरण तथा जेष्ठनागरिकहरुको हितका लागि सचेतना मूलक कार्यक्रमहरु समेत सञ्चालन गरिने परियोजनाका आधीकारीक ब्यक्ति कृति थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गढवाको कार्यक्षेत्र गढवा र राजपुर गाउँपालिकाका १५ वटा वडाहरु र भारतसंग सिमाना जोडिएका ४२ बढी नाकाक्षेत्रहरु रहेका छन् । यस क्षेत्रमा महिला वालवालीका बेचविखन तथा ओसारपसारका थुप्रै अपराधिक घटनाहरु हुने गरेका छन् भने वालविवाह, वाल यौन दुब्र्यवहार, जवरजस्ती करणी र जेष्ठनागरिकहरुमा हुने अमानवीय ब्यवहार यि सबै समस्याहरुलाई न्यूनीकरण गर्न र सामाजीक सचेतना फैलाउन उक्त भवनमा कार्यालय राखी नेपाल प्रहरीले सेवा प्रवाह गर्ने र परियोजना अन्र्तगत थुप्रै सामाजिक सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गरिने कार्यक्रममा बताइएको हो ।

अन्र्तकृया तथा स्थलगत अध्ययन कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले यस्तो सुविधासम्पन्न सेवाकेन्द्रको भवन गढवा गाउँपालिकामा रहेको इप्रकामा बन्दै गरेकोमा खुसी ब्यक्त गर्दै यसको प्रभावकारीता, दिगोपना र संरक्षणमा स्थानीय सरकारको दायित्व रहने बताए ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्दैशनालयका प्रंहरी बरिष्ठ उपरिक्षक रामकुमार चौधरी, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल, वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आलेमगर, बिभिन्न राजनितीक दलका अगुवाहरु, सुरक्षा तथा न्याय परियोजनाका पूर्व प्रहरी बरिष्ठ उपरिक्षक इन्द्र न्यौपाने, इन्जीनियर शिसीर उपाध्याय, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक गिता प्रसाद चौधरी, परियोजनाका कृति थापा र सिर्जना कार्की, नागरिक समाज, पत्रकार, आमा समूहका अगुवाहरु लगायतले समुदाय, स्थानीय सरकार र नेपाल प्रहरी सबैको संयुक्त सहकार्य भएमात्र सेवाकेन्द्रबाट प्रभावकारी सेवा प्रबाह गर्न सकिने बताएका छन् । कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय गढवाका प्रमुख कालिका कार्कीले गरेकी थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]