शिबराज पन्थी/सिधा-पत्र कर्मी आइतबार, कार्तिक ११, २०८१

दाङ । राज्यलाई ठूलो धनराशीमा राजश्व तिर्ने निजीक्षेत्रका उद्योगि ब्यवसायीहरुका समस्या प्रति राज्यपक्ष सधै उदासिन रहेको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनु भएको छ ।शनिवार दाङ देउखुरी स्थित गढवा उद्योग बाणिज्य संघको नवौं बार्षिक साधारणसभालाई संबोधन गर्दै शर्माले यस्तो बताउनुभएको हो । निजी क्षेत्रको छाता संगठन उद्योग बाणिज्य संघले एकातिर भूगोल चिनाएको छ भने अर्कोतर्फ ब्यवसायीहरुका समस्या पहिचान गरि सरकारका निकायहरुसंग वहस पैरवी गरेको छ ।

त्यस्तै लुम्बिनीमा हालसम्म जिम्मेवारी पाएका ५ वटै मुख्यमन्त्रीहरुसंग महासंघले कोईलाबासको मुद्दा र राजधानी क्षेत्रका जग्गा फूकूवाको मुद्दा बारंवार उठायो तर राज्यले कहिल्यै सुनेन–अध्यक्ष शर्माले भने । देशको आर्थिक बिकासमा निजीक्षेत्रको अहं भूमिका हुने भएकोले अर्थतन्त्र खल्बलिएको बिद्यमान समयमा ब्यवसायीहरु हतोत्साही र निराश नहुन समेत उनले आग्रह गरे । मूलुकाको आर्थीक अवस्था जर्जर छ, ब्यवसायीहरु निराश र पलायन हुने होईन, धैर्य भएर टिक्यो भने पछिका दिनमा अवस्था सुधार हुनेछ–अध्यक्ष शर्माले भने ।

कार्यक्रममा संघका अध्यक्ष ओंम प्रकाश बसेलले बार्षिक निती तथा कार्यक्रम सहितको संस्थागत प्रतिवेदन र कोषाध्यक्ष दुखहरण यादवले आय–ब्यय तथा बार्षिक बजेट प्रस्तुत गरेका थिए । सो अवसरमा हालै नवनिर्वाचित हुनुभएका राप्ती उद्योग बाणिज्य संघ भालुबाङका सम्पूर्ण पदाधिकारीहरुलाई गढवा उद्योग बाणिज्य संघले स्वागत सम्मान गरेको थियो ।

कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका सचिव दुखराम चौधरी होटल ब्यवसायी महासंघ लुम्बिनीको सदस्यमा निर्वाचित हुनुभएको र संघका एम्बुलेन्स चालक देविराज चौधरी हालै सम्पन्न एम्बुलेन्स चालक टे«डयुनियन महासंघ दाङको अध्यक्षमा निर्विरोध निर्वाचीत भएकोमा सम्मान गरिएको थियो । यसैगरी संस्थाको नियमित गतिविधीमा उपस्थित हुने र नियमित कर बुझाउने राजपुर २ का बिष्णु भण्डारी,गढवा ६ का किसुन चौधरी,गढवा ३ गोबरडिहाका सुनी चौधरी,गढवा २ का गोबर्धन योगी र गढवा १ धानखोलाका निशा घर्तिमगरलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य किशोर कुमार आचार्य,महासंघ लुम्बिनीका सल्लाहकार तथा कपिलबस्तुका पूर्व अध्यक्ष उमानाथ पौडेल,गढवाका संस्थापक अध्यक्ष युवराज पोख्रेल,पूर्व अध्यक्ष रविलाल आचार्य, निवर्तमान अध्यक्ष खिमबहादुर बुढामगर,गढवा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तथा संघका संस्थापक सल्लाहकार लेखबहादुर थापा, दाङ जिल्ला उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकी,गढवाका सल्लाहकार तथा वडानम्बर ६ का सदस्य दिनमणि आचार्य, सल्लाहकारहरु रामप्रसाद गैरे,उमाकान्त पन्त, नेपाली काँग्रेस गढवाका सभापति किरण पौडेल, एमाले गढवाका उपाध्यक्ष सिता थापा,राष्ट्रिय जनमोर्चा गढवाका सचिव टुकमान कुंवर,देउखुरी उद्योग बाणिज्य संघका कमलजंग सिंह,राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खड्का,गढवा होटल ब्यवसायि संघका महासचिव तिलक बहादुर पुन, वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष पुष्पा यादव लगायतले बोलेका थिए ।

संघका बरिष्ठ उपाध्यक्ष मधा न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका प्रेस सल्लाहकार शिबराज पन्थीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]