काठमाडौं । प्रहरीले करिब २ करोड रुपैयाँ ठगेर फरार भएका दुई जना आरोपीलाई काठमाडौँको टोखाबाट पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा गोरखाको भिमसेनथापा गाउँपालिका–७ घर भएर काठमाडौँको टोखा बस्ने रमा ढकाल र नुवाकोटको तादी गाउँपालिका घर भएका रवि रिजाल छन् ।
उनीहरुलाई टोखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । ३४ वर्षीया ढकाल र ३४ वर्षीय रिजालविरुद्ध १ करोड ९२ लाख २८ हजार ठगी गरेको कसुरमा नवलपरासी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
त्यस्तै २०८१ साउन ४ मा पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार थिए । उनीहरुलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।