दाङ । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले मिडिया हाउसको अवलोकन गरेका छन । गुरुकुल एकेडेमी घोराही कक्षा ६ देखि कक्षा ९ सम्मका करीव १५० जना विद्यार्थीहरुले दाङ घोराहीबाट दैनिक रुपमा प्रकाशित हुने रंगिन पत्रिका नँया युगबोध राष्ट्रिय दैनिक पत्रिकाको प्रकाशन कक्षको अवलोकन गरेका हुन ।
विद्यार्थीहरुलाई समाचार निर्माण र मिडियाबाट प्रकाशन सम्बन्धि ब्यबहारीक ज्ञान दिनको लागि संचार घरहरुको अवलोकन गराउने गरी कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले जानकारी दिए । यद्यपि यस्ताखालका गतिबिधि रहेका जानकारी मुलक प्रशिक्षण कार्यक्रम विद्यालयमा पनि आयोजना गर्ने गरिएका प्रधानाध्यापक डिसिले जानकारी दिए ।
त्यस्तै उनले प्रशिक्षण मात्र नभएर प्रतक्ष्य रुपमा संचार घरको अवलोकन गराउदा अझै विद्यार्थीहरुले जानकारी लिन सक्ने र प्रभावकारी राम्रो हुने बताए । यसैगरी विद्यार्थीहरुले पनि आफुले विभिन्न सामाजिक संजालका प्ल्याटफममा देखेका समाचारहरु कसरी बन्छन र प्रशारण हुन्छन भन्ने कुराको खुल्दुलि रहेको कक्षा ९ मा अध्ययणरत छात्र आरुष शाक्यले बताए ।आज विद्यालयले आयोजना गरेको मिडिया हाउस अवलोकन कार्यक्रमले आफुले धेरै कुराको जानकारी लिन सफल भएको उनले बताए । गुरुकुल एकेडेमीले आयोजना गर्ने विभिन्न अतिरीक्त कृयाकलापहरुमा सहभागि हुँदा विद्यार्थीहरुको सर्वागिंन बिकास हुने विद्यार्थीहरुले बताएका छन । पत्रिका प्रकाशन सम्बन्धि नँया युगबोध राष्ट्रिय दैनिकका सम्पादक लक्ष्मी आचार्यले जानकारी गराएकी थिइन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसि,संस्कार प्रमुख भुगोल कवर मगर , परीक्षा संयोजक विवेक देबकोटा,विज्ञान विषय संयोजक भवन आचार्य र इसिए संयोजक विशालमान श्रेष्ठको सभागिता रहेको थियो ।