बझाङ । बझाङको सेती नदीमा बगेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर –१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा बगेर मृत्यु भएको हो ।
आज बिहान करिब १० बजेको समयमा भाँडे बजार सामान पुगाएर घर फर्किने क्रममा भण्डारी गाउँ नजिकै सेती नदीमा चिप्लिएर बग्दा संगीताको मृत्यु भएको स्थानीयले बताएका छन् ।
त्यस्तै उनलाई मृत अवस्थामा बगेको स्थानबाट करिब ५ सय मिटर तल भाँडे बजार झोलुङ्गे पुल नजिकैबाट उद्दार गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष करनजंग सिंहका अनुसार उनी चिप्लिएर सेती नदीमा बगेको बुझ्नमा आएको छ । अहिले शव निकालेर पोष्टमार्टमका लागि चैनपुर लैजाने तयारी भइरहेको वडा अध्यक्ष सिंहले बताए।