टोपेन्द्र खनाल/सिधा-पत्र कर्मी आइतबार, मंसिर ०९, २०८१

दाङ । स्थानीय वन महासंघ राजपुरको परिषद भेला शनिबार राजपुर गाउँपालिका वडा नम्बर -२ बेलामा रहेको सभाहलमा सम्पन्न भएको छ ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल,स्थानीय वन महासंघ राजपुरका अध्यक्ष रामबरण यादवको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्ला अध्यक्ष हरि प्रसाद भुसालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

रिता बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी भुसालले सामुदायिक वनका पदाधिकारीले राजनीतिक आडमा कानुन बिपरितका कार्यहरु नगरी सामुदायिक वनको नीति नियम परिधिभित्र रहेर कार्य गर्न सबैलाई आग्रह गर्दै नविकरण शुल्कको सम्बन्धमा व्यवहारिक स्प्ष्टता नहुनु दुखको पक्ष भएको बताए । त्यस्तै सम्पूर्ण सावका पदाधिकारीले महासंघको महत्व सहज असहज दुवै परिस्थितिमा बुझि अघि बढ्नु पर्ने बताए ।कार्यक्रमको सुरुवाती अघि दुर्गा सामुदायिक वन उपभोक्ता समूहको सम्भावित पर्यावरणिय पर्यटकिय स्थलको अवलोकन गर्ने कार्य समेत भएको र महासंघको तर्फबाट आवश्यक सहयोग गर्ने समेत प्रमुख अतिथी भुसालले बताएका थिए । राज्यका निकायहरुलाई महत्वपूर्ण कार्यक्रममा आँफुहरुले आमन्त्रण गरेपनि उपस्थित नभइदिएकोमा दु:ख समेत प्रकट गरे ।

कार्यक्रममा दाङ जिल्लाका सबै स्थानीय तहका स्थानीय महासंघ अध्यक्ष ,राजपुर गाउँपालिकाका सबै सावका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । स्थानीय महासंघ अध्यक्षहरु सबैले आ-आफ्ना समस्याहरु एक आपसबिच राख्दै शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन दुर्गा सावउसकि उपभोक्ता उमा गिरिले गरेकी थिईन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]