कपिलवस्तु । कपिलवस्तुमा प्रहरीले पाटे बाघको छालासहित १ जना मानिसलाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा रुपन्देहीको बुटबल उपमहानगरपालिका वडा नम्बर –५ का ४१ वर्षीय विष्णुप्रसाद भट्टराई रहेका छन् ।
उनलाई विशेष सुचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका-२ हल्लानगरबाट प्रकाउ गरेको हो । रुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टरको बाहिरी बरण्डामा आइतबार साँझ शंकास्पद अवस्थामा उभिएका भट्टराईलाई खानतलासी गर्दा सेतो प्लाष्टिकको बोरामा पाटे बाघको छाला भेटिएको प्रहरीले जनाएको छ ।
त्यस्तै उक्त छालाको लम्बाइ ६ फिट रहेको छ । छालासँगै चारवटा दाह्रा, चारै खुट्टाको पंजाका नङ्ग्रा र पनि रहेको प्रहरीले जनाएको छ । छालामा गोली लागे जस्तो देखिने तीन वटा सानो प्वाल रहेको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ परेका भट्टराईलाई सोमबार डिभिजन वन कार्यालय चन्द्रौटा पठाएको प्रहरीले जनाएको छ ।