आलोक भाबुक/गढवा मंगलबार, मंसिर ११, २०८१

दाङ । हामी सबैको प्रतिबद्धता:लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्ध भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पताल लमहीको समन्वयमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको प्रभात फेरी तथा समुद्घाटन कार्यक्रम आज गढवामा सम्पन्न भएको छ ।

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र उपाध्यक्ष शारदा कुमारी चौधरी सहितले दिप प्रज्वलन गरी समुद्घाटन गर्नु भएको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवाका,नागरिक समाज गढवा लगायतका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागितामा सभ्म र भव्य रुपमा शुभारम्भ भएको छ ।

पछिल्लो समय लैङ्गिक हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले आजदेखि १६ दिनसम्म देशैभर विशेष अभियान सञ्चालन गर्न थालिएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिदै आईएको छ । मङ्सिर १० गते महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा गढवा गाउँपालिकाको कार्यालयबाट निकालिएको र्‍याली सर्वोदयचोक,गढवा बजारको मुख्य चोक हुँदै गढवा स्वास्थ्य चौकीको गेट हुदै ईलाका प्रहरी कार्यालय गढवाको गेटमा पुगेर सभामा परिणत भएको हो ।

त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले लैङ्गिक हिंसा बिरुद्धको अभियान बिश्वब्यापी रुपमा सफल पार्न सबैको साझा पहलकदमी आवश्यक रहेको बताए । लिङ्गको आधारमा हुने महिला,बालबालिका र अल्पसंख्यकहरु माथीको हिंसा अन्त्यका लागि यो अभियान दबाब सिर्जना गर्ने र हिंसामा कमी आउने बताए । १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानले सचेतनाको बिकाश गर्ने,हिंसामा परेकालाई न्याय दिने वा न्यायका लागि सहयोग गर्ने,समाजमा लुकेर रहेका हिंसाका घटनाहरुलाई उजागर गर्ने,हिंसा पीडितलाई कानुनी रुपमा सहयोग गर्ने जस्ता थुप्रै उद्देश्य यो अभियानले राखेको बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लैङ्गिक हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्नुका साथै हिंसामा परेका जो कोही पनि खुलेर सम्बन्धित निकायमा बोल्नु पर्ने बताइन् । हिंसा गर्नु र सहनु दुबै अपराध भएको भन्दै लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरकार संग समन्वय सहकार्य गर्न अनुरोध समेत गरिइन् ।

कार्यक्रममा नागरिक समाज गढवाका अध्यक्ष खगेश्वर शर्मा,इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्की, सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाकी अध्यक्ष ओभा पाठक लगायतकाले बोलेका थिए ।

यस्तै सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनिहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

त्यस्तै र्‍यालीमा मुक्त कम्लहरी विकाश मञ्च, नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पताल,क्रियटिभ पोसिबिलिटिज नेपाल,दक्षिण देउखुरी अधिकार मञ्च,शान्ति पुन:र्स्थापना गृह कोइलाबास,नेपाल इन्द्र फाउण्डेशन गढवा,गढवा उद्योग बाणिज्य संघ, इलाका प्रहरी कार्यालय गढवा,स्वान नेपाल,नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवा,देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र,चेतनशील सहकारी संस्था,सामुदायिक स्रोत व्यवस्थापन केन्द्र, दलित शसक्तिकरण संस्था,रेडियो साझा आवाज, बन तथा वातावरण चुरे संरक्षण,गढवा होटल ब्यवसायी संघ,अपाङ्गता संरक्षण समाज, खाद्य अधिकार सञ्जाल,धानखोला कृषि सहकारी संस्था, स्वर्गद्धारी र हिमाल बचत तथा ऋण सहकारी संस्था लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यस्तै १६ दिने अभियानको उद्घाटन कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल,विभिन्न वडाका वडाध्यक्ष,कार्यपालिका सदस्यहरु,वडासदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि,पत्रकार,सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । ७ नम्वर वडा सदस्य तथा न्यायिक समिति सदस्य रेखा थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गरेकि थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]