दाङ । जनसहभागिता उपभोक्ता सहकारी संस्था लिमिटेड गढवाको १५ औं वार्षिक साधारण तथा अधिवेशन शनिबार गढवामा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष गंगाराम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । १५ बर्ष पहिले स्थापना गरिएको सहकारी संस्था पछिल्लो समयमा सोचे जस्तो सहकारीको मुल्य मान्यता अनुसार काम गर्न नसकेको प्रमुख अतिथि तथा गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले बताए ।
त्यस्तै लाखौ रुपैयाँ सहकारीका बिभिन्न ब्यक्तिहरुले ऋण लिएको र ऋण नबुझाउदा सहकारी धारासायी बन्दै गएको बताउदै वडाध्यक्ष आलेले सहकारी संस्था बचाउन हिसाव किताब पारदर्शी र सहकारीको मुल्य मान्यता अनुरुप अघि बढ्नु पर्ने बताए ।
सहकारी संस्थाले मलखाद मात्र नभई बिक्री वितरण नगरी अन्य उत्पादन मुलुक क्षेत्रमा काम गर्नु पर्ने बताए । सहकारी संस्थालाई सेवा सेवामुखी कार्यक्रम ल्याउनु पर्ने आग्रह समेत गरे ।
त्यस्तै सम्पन्न १५औं वार्षिक साधारण सभा तथा अधिवेशनले राम भरोस चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन समेत गरेको छ । जस्को उपाध्यक्षमा दिपा पुन,सचिवमा भरत पन्त, कोषाध्यक्षमा मायादेवी यादव र सदस्यहरुमा विर सिंह थापा,धनिराम यादव,मञ्जु थापा पुन रहेकि छिन् । सम्पन्न अधिबेशनले मायादेवी यादवको संयोजकत्वमा ३ सदस्यीय ऋण असुली उपसमिति समेत गठन गरेको छ । जस्को जसको सदस्यहरुमा फर्सुर्म गैरे र उमानाथ यादव रहेका छन् ।
त्यसैगरी भरत कुमार पन्तको संयोजकत्वमा ३ सदस्यीय लेखा समितिमा गठन गरिएको छ। जस्को सदस्यहरुमा राम निवास यादव,चुरामनी यादव रहेका छन् । १५ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा सहकारी संस्थाका कोषाध्यक्ष राम भरोस चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण जगदिश यादवले गरेका थिए ।