तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, पौष ०८, २०८१

दाङ । देउखुरीको सिसहनियाँमा दोस्रो औधोगिक तथा कृषि,व्यापार महोत्सव सञ्चालन हुने भएको छ ।

सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा यहि पुस २५ गतेदेखि माघ ७ गतेसम्म राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालको पुर्व क्षेत्रमा महोत्सव सञ्चालन हुन लागेको उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले जानकारी दिएका छन् ।

उद्योग वाणिज्य संघ सिसहनियाँले सोमबार आफ्नै कार्यालय सिसहनियाँमा पत्रकार सम्मेलनको आयोजना गरि सो विषयमा जानकारी गराएको छ । लाखौंको आम्दानी गर्ने र २ लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ । १२ दिनसम्म चल्ने महोत्सवमा आर्थिक, सामाजिक, साँस्कृतिक,कृषि,उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संभावनाहरु बोकेको राप्तीको औद्योगिक,पर्यटकीय, कृषिजन्य,उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबर्द्धन र प्रचार–प्रसार गर्ने, थारू तथा मगर समुदायको खाना प्रदर्शनीमा राखिने बताइएको छ । महोत्सवमा हस्तकलाका प्रदर्शनी,कृषि प्रदर्शनी,नेपालको दोस्रो लामो पुल, खौराह ताल,भद्राक्षीदेवी मन्दिर अवलोकन लगायत अन्य थुप्रै महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले जानकारी दिए ।

महोत्सवमा झुला, चर्खे पिङ, बाल उद्यान समेत रहने बताइएको छ । महोत्सवमा १५० बढी स्टल रहने र त्यस मध्ये १० वटा स्टल कृषि तथा हस्तकलाका स्टल रहने छ । भने स्थानीय व्यापारीलाई ५० प्रतिशत छुट दिने बताइएको छ । महोत्सव अवधीभर सर्वसाधारणका लागि टिकट दर रू १०० र विद्यार्थीको हकमा परिचयपत्रका आधारमा रू ८०, भिआइपी कार्ड बनाउन चाहेमा रू ५ सय तथा जेष्ठ नागरिक,अपांगता भएका व्यक्तिहरूलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको मेला व्यवस्थापक हिरा हमालले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]