ओमप्रकाश गुप्ता बुधबार, पौष २४, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी सिसहनियाँमा आज देखि सञ्चालन हुन लागेको दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सव २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ ।

सिसहनियाँ उद्योग वाणिज्य संघले राप्ती – कालापानी स्थित आधारभूत अस्पतालको पुर्वी भागमा सञ्चालन गर्न लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले जानकारी दिएका छन् । अध्यक्ष बुढाथोकीका अनुसार स्वागत गेटदेखि स्टल निमार्ण, मञ्च निमार्ण, बाल उद्यान, चर्खे पिङ बनाउने, पत्रचार तथा प्रचारप्रसार लगायत सम्पुर्ण तयारी पुरा भइसकेको संघका अध्यक्ष बुढाथोकीले बताएका छन् । बिहीबार विहान ११ बजे हुने महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्ने संघका अध्यक्ष बुढाथोकीले बताए ।

यसैबीच महोत्सवमा माघ ३ देखि ५ गते राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोट वा वडा नम्बर ५ करङ्गेकोटबाट प्याराग्लाइडिङ उडाएर महोत्सव स्थल सम्म ल्याण्डिङ गराउने गरी तयारी भएको संघका अध्यक्ष बुढाथोकीले जानकारी दिए ।प्याराग्लाइडिङले दर्शकहरुलाई थप आकर्षित गर्ने र पर्यटकीय क्षेत्रको अवलोकन तथा मनोरञ्जनमा थप मद्दत पुग्ने अपेक्षा लगिएको छ । महोत्सवबाट २ करोड बराबरको कारोवार गर्ने र २ लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ । १२ दिनसम्म चल्ने महोत्सवमा आर्थिक, सामाजिक,साँस्कृतिक,कृषि,उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संभावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्ने, थारू तथा मगर समुदायको खाना प्रदर्शनीमा राखिने बताइएको छ । महोत्सवमा हस्तकलाका प्रदर्शनी, कृषि प्रदर्शनी, नेपालको दोस्रो लामो पुल, खौराह ताल, भद्राक्षीदेवी मन्दिर अवलोकन लगायत अन्य थुप्रै महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले जानकारी दिए।

महोत्सवमा १५० बढी स्टल रहेको छ र त्यस मध्ये १२ वटा स्टल कृषि तथा हस्तकलाका स्टल रहेको छ । भने स्थानीय व्यापारीलाई ५० प्रतिशत छुट दिने बताइएको छ । महोत्सव अवधीभर सर्वसाधारणका लागि टिकट दर रू १०० र विद्यार्थीको हकमा परिचयपत्रका आधारमा रू ८०, भिआइपी कार्ड बनाउन चाहेमा रू ५ सय तथा जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको मेला व्यवस्थापक हिरा हमालले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]