काठमाडौं । न्याय सेवा आयोगले सचिव सरहका दुई सरकारी वकिल सहित साढे २ सय कर्मचारीहरुको सरुवा गरेको छ ।
आज बसेको न्याय सेवा आयोगको बैठकले बेपत्ता छानबिन आयोका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको हो । महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता खेमराज ज्ञवाली बेपत्ता छानबिन आयोगको सचिवमा सरुवा भएका छन् ।
त्यस्तै आयोगले न्यायसेवाका नौजना सहसचिव, ८९ जना उपसचिव र एक सय ४४ जना शाखा अधिकृतको पनि सरुवा गरेको छ ।