शिबु खनाल सोमबार, पौष २९, २०८१

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा सनम कुमार पौडेल निर्वाचित भएका छन् ।

शनिबार लमहीमा सम्पन्न भएको निर्बाचनमा प्रगतिशील प्यानलका अध्यक्ष पदका उमेदवार पौडेल निर्बाचित भएका हुन् । अध्यक्षमा पौडेललले १ सय १९ को मतान्तरले बिजयी भएका छन् भने उनको प्रतिस्पर्धि बिनोद कुमार पाण्डेले ८ सय ४ मत प्राप्त गरेका छन् । त्यसैगरी जनपंक्षिय संयुक्त प्यानलका अध्यक्ष उम्मेदवार श्यामलाल खनालले ६ सय ९५ र स्वतन्त्रबाट अध्यक्ष पदका उम्मेदवार बुद्धिमान् चौधरीले ४ सय ८ मत प्राप्त गरेका थिए । यस्तै नवनिर्वाचित अध्यक्ष पौडेल यसअघि कार्य समितिको सचिव थिए ।

त्यस्तै कार्य समितिको उपाध्यक्षमा शिवा चौधरीले ९ सय १२ मत प्राप्त गरि विजयी भएकि छिन् भने उनको प्रतिद्धन्दीहरु जनपंक्षिय संयुक्त प्यानलको हुमा कुमारी पाण्डे (सपना)ले ७ सय ९५ र प्रगतीशिल प्यालनको लक्ष्मी खड्काले ७ सय ८५ मत प्राप्त गरेकि थिइन् ।

त्यसैगरी सचिवमा लोकतान्त्रिक प्यानलका बसन्त आचार्यले ८ सय ३६ मत प्राप्त गरि विजयी भएका छन् । उनको प्रतिद्धन्दीहरु प्रगतिशील प्यानलका सुधिर कुमार रेग्मीले ७ सय ७४, जनपंक्षिय प्यानलको ऋषिराज रावत क्षेत्रीले ६ सय ८४ र स्वतन्त्रको शशिराम नेपालीले ३ सय १ मत प्राप्त गरेका थिए ।

यस्तै कोषाध्यक्षमा जनपंक्षिय प्यानलबाट श्यामलाल भण्डारीले ८ सय १७ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिद्धन्दीहरु संयुक्त लोकतान्त्रिक प्यानलका हल्लु प्रसाद चौधरीले ७ सय ९५, संयुक्त प्रगतिशील प्यानलका दिनेश आचार्यले ७ सय ९३ र स्वतन्त्रबाट ज्योती कुमार चौधरीले एक सय मत प्राप्त गरेका थिए ।

यसैगरी सदस्यहरुमा संयुक्त लोकतान्त्रिक प्यालनबाट गोपाल प्रसाद खनालले ८ सय ८०, संयुक्त प्रगतिशील प्यानलका कमल नारायण चौधरीले ९ सय ३२ र संयुक्त प्रगतिशील प्यानलबाट दिनमणी खनालले ८ सय ५४ मत प्राप्त गरि विजयी भएका छन् । उनिहरुको प्रतिस्पर्धीहरु संयुक्त लोकतान्त्रिक प्यानलबाट छन्द सिंह बस्नेतले ७ सय ८२, देविराम भण्डारीले ८ सय ३३, संयुक्त प्रगतिशील प्यानलबाट विद्या देवि थापाले ८ सय ११, जनपंक्षिय संयुक्त प्यानलबाट सुरेश कुमार गुप्ताले ८ सय ५३, सोही प्यानलका सुनिल चौधरीले ६ सय ७० र मदन सिंह वलीले ६ सय ९ मत प्राप्त गरेका थिए ।

त्यसैगरी महिला सदस्यहरुमा संयुक्त लोकतान्त्रिक प्यानलबाट बबिता खत्रीले ९ सय १० र संयुक्त प्रगतिशील प्यानलबाट कौशिला काफ्लेले ८ सय ७७ मत प्राप्त गरि विजयी भएका छन् । महिला सदस्यका प्रतिस्पर्धीहरु संयुक्त लोकतान्त्रिक प्यानलको चिन्तादेवि चौधरीले ८ सय ३०, संयुक्त प्रगतिशील प्यानलको सिता देवि शाहीले ८ सय ५७, जनपंक्षिय संयुक्त प्यानलको अमृता चौधरीले ६ सय ६९ र सोही प्यानलको भागवती चौधरीले ६ सय ५७ मत प्राप्त गरेका थिए। नवनिर्वाचित अध्यक्ष सनम कुमार पौडेलले जुनसुकै प्यानलबाट निर्वाचित भएर आए पनि सबैलाई मिलाएर अघि लैजाने पक्षमा आफू रहेको बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]