काठमाडौँ । नेपाल प्रहरीका दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी)लाई पदस्थापन गरिएको छ ।
नवनियुक्त एआईजीद्वय कुवेर कडायतलाई अपराध अनुसन्धान विभाग र रवीन्द्र केसीलाई प्रदेश समन्वय विभागमा पदस्थपन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।
त्यस्तै पुस २६ मा मन्त्रिपरिषद्ले उनीहरुलाई नायव महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । रातोपाटी