Sidha Patra बिहिबार, माघ ०३, २०८१

काठमाडौँ । प्रहरीद्वारा स्वयम्भूबाट पक्राउ परेकी आशिका तामाङलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

त्यस्तै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । प्रहरी प्रतिवेदनको आधारमा गौशाला प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

माघ २ गते हिजो पक्राउ परेकी आशिकालाई अनुसन्धान गर्न पशुपति क्षेत्र विकाश कोषले पनि प्रहरीलाई पत्र पठाएको छ । पशुपति क्षेत्र विकाश कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन् ।

तामाङले प्रहरीसँग विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीको काममा अवरोध सिर्जना गरेको प्रहरीको आरोप छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]