Sidha Patra शनिबार, माघ १२, २०८१

दाङ । गोरखा सेकेन्डरी स्कुल तुलसीपुरको प्राइमरी लेभलमा अध्ययनरत विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि शुक्रबार वाद-विवाद प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिकाको क्षमता अभिवृद्धि गर्दै जनशक्ति उत्पादन गर्ने मूल उद्देश्यका साथ प्राइमरी लेभलमा अध्ययनरत विद्यार्थीहरूलाई प्रत्येक हप्ताको शुक्रबार विभिन्न विधामा यस किसिमको कार्यक्रम सञ्चालन गर्ने गरि पहिलो कार्यक्रमको आयोजना गरिएको प्राथमिक तहका संयोजक कमल भण्डारीले जानकारी दिए ।प्रत्येक दिन कक्षामा सञ्चालन गरिएको प्रतियोगिता मार्फत छनोट भएर आएका कक्षा चारका १० जना र पाँचका १० जना गरि २० जनालाइ प्रतिस्पर्धा गराइएको थियो । धन ठूलो कि विद्या ठूलो भन्ने शीर्षकमा प्रतियोगिता गराइएको हो । उक्त प्रतियोगितामा कक्षा ५ बाट प्रथम रिजन न्यौपाने,द्वितीय अन्जु शाही,तृतीय एलिना विष्ट,सान्त्वना जेनिशा केसी र हिमानी ओली रहेका छन् । यस्तै कक्षा ४ बाट प्रथम अनुप बुढाथोकी, द्वितीय सिद्धार्थ न्यौपाने,सेजल सापकोटा,तृतीय सदिक्षा रोका, एलिना कठायत रहेका छन् ।

प्रतियोगितामा भाग लिएका विद्यार्थीहरूको लागि ४ मिनेटदेखि बढीमा पाँच मिनेटसम्मको समय दिइएको थियो । समय सूचकमा शिक्षिका अन्जली गुप्ता रहेकी थिइन् । प्राथमिक तहका संयोजक कमल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगिताको निर्णायकमा शिक्षक गणेश जि.एम. रहेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक सजित राउतले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]