Menus

Sidha Patra मंगलबार, फाल्गुण १३, २०८१

मोरङ । आज मोरङको कानेपोखरीमा लामो समयसम्म नेपाली काङ्ग्रेसमा योगदान पुर्‍याएका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौँ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

त्यस्तै लामो समय काङ्ग्रेमा योगदान गरेका लिम्बु गत २०७९ को निर्वाचनमा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थिए । जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् । कानेपोखरी गाउँपालिकाबाट मात्रै नौ सय र अन्य पालिकाबाट गरी एक हजार बढी प्रवेश गरेको र प्रवेश गर्ने अधिकांश एमाले कार्यकर्ता रहेको माओवादी केन्द्र मोरङले जनाएको छ ।

यस्तै पार्टी प्रवेश गर्दै लिम्बुले आगामी निर्वाचनमा माओवादीको पक्षमा दुई तिहाइ बहुमत ल्याएर कोशी प्रदेशको नाम खारेज गरेर पहिचान स्थापित गर्न आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताए । अब माओवादीलाई पहिचान पक्षधरको छाता पार्टी बनाउन योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close