दाङ । राष्ट्रिय जनमोर्चा दाङको आयोजनामा संघीयताका बिरुद्ध आम नागरिकहरुमा जागरण पैदा गर्न भनी बिहिवार आज देउखुरी उपत्यका ब्यापी मोटरसाईकील र्याली र कोणसभा सम्पन्न गरिएको जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिएका छन् ।
राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिको आयोजनामा यहीँ चैत्र २४ देखि ३० गतेसम्म सञ्चालन गरिने काठमाडौ राजधानी केन्द्रित आन्दोलनलाई सफल पार्न पूर्व तयारी स्वरुपः देशका सबै जिल्लाहरुमा जिल्ला ब्यापी मोटरसाईकिल र्याली र कोणसभाहरु सम्पन्न गर्न थालिएको अध्यक्ष आचार्यले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत देउखुरीको रिहारबाट लमही, सिसहनिया, भालुवाङ्, कालाकाटे, गढवा हुँदै महदेवामा पुगेर कार्यक्रमको समापन गरिएको राजमो दाङले जनाएको छ । सोही अनुरुप लमही, र भालुवाङमा जिल्ला अध्यक्ष गणेश आचार्यले संबोधन गरेका थिए भने सिसहनीयामा भएको कोणसभालाई पार्टीका नेताहरु रमेश गुरुङ र माधव आचार्य, कालाकाटेमा भएको काणसभामा पार्टीका जिल्ला सचिव बसन्त पौडेल र जिल्ला सदस्य टुकमान कँवर, गढवामा गणेश आचार्य, लेखराज आचार्य र दिनमणि आचार्य तथा महदेवामा युवक संघका पूर्व केन्द्रिय अध्यक्ष काँसीनाथ पोख्रेल र नवराज शर्माले संबोधन गरेका थिए ।
त्यस्तै कार्यक्रममा प्रदेश सरकारहरुले राज्यकोषबाट खर्बौ खर्च गरिरहेकोले प्रदेश सरकार अनावश्यक खर्चको केन्द्र भएको भन्दै देश संघीयताका कारण डुबेको टिप्पणि गरिएको छ । नेपालका सातवटै प्रदेश सरकारहरु खारेज गर्ने हो भने आम नेपाली नागरिकहरुलाई स्वास्थ्य उपचारका लागि सुविधा सम्पन्न हस्पिटलहरु संचालन गरेर निःशुल्क उपचाार गर्न सकिने खर्च बचत हुने जिल्ला अध्यक्ष आचार्यले बताए ।
संघीयताले देशको अर्थतन्त्र निकै कमजोर बनायो, देश आर्थिक रुपमा डुब्यो,देशलाई समृद्ध बनाउन संघीयता खारेज गर्नै पर्छ,देश डुब्यो जिल्ला अध्यक्ष आचार्यले बताए । संघीयता जातिय स्वायत्तताका नाममा भित्राईयो,अहिले संघीस्यता ल्याउन वकालत गर्नेहरु पनि पछुताएका छन्–आचार्यले भने । कम्युनिष्टहरुले जातिय नारा होईन बर्गिय मुक्तिको नारा लगाएर काम गर्न सक्नुपर्छ । देशका ठूला पार्टीहरुभित्र रहेका धेरै बौद्धिक जमातहरुले पनि अहिले संघीयता ठिक नभएको आंकलन गरिरहेका छन् ।
जसका कारण देशको अर्थतन्त्र संकटको घडीमा निम्तीएको छ–जिल्ला अध्यक्ष आचार्यले भने । देशको सत्तामा रहेका ठूला राजनितिक पार्टीहरुले भ्रष्ट र अराजक गतिविधिहरु मच्चाएको र लोकतन्त्रलाइ नै विचलित बनाएको राजमोले टिप्पणि गरेको छ । जसले गर्दा अहिले गणतन्त्रवादी शक्तिहरुका बिरुद्ध बिरोधी शक्तिकेन्द्रहरु चलायमान भैरहेकोले प्राप्त उपलब्धिहरुको रक्षा गर्न सबै गणतन्त्रवादी शक्तिहरु एकजुट भएर लाग्नुपर्ने राजमो दाङले बताएको छ ।