Menus

लिलाधर वली/घोराही आइतबार, चैत्र ०२, २०८१

दाङ । न्यु स्टार फुटबल एकेडेमी नारायणपुर पहिलो पटक लुम्बिनी प्रदेश लिग २०८१ खेल्न नवलपरासी पश्चिमको बर्दाघाट पुगेको छ ।

लुम्बिनी प्रदेश फुटबलसंघको आयोजनामा सञ्चालित प्रतियोगितामा जिल्ला एन्फा लिग च्याम्पियन बनेको न्यु स्टार फुटबल एकेडेमी नारायणपुरले प्रदेशस्तरीय प्रतियोगितामा दाङको प्रतिनिधित्व गर्दै खेल्न थालेको हो ।

शनिबार बर्दाघाट पुगेको टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ । प्रशिक्षक तथा अफिसियल टिमका सदस्यहरूले टिम राम्रो तयारीका साथ मैदानमा उत्रने बताएका छन् । लुम्बिनी प्रदेश लिगअन्तर्गत न्यु स्टार फुटबल एकेडेमीले आज आइतवार दिउँसो ४ बजे बर्दिया जिल्लाको च्याम्पियन टिमसँग आफ्नो पहिलो खेल खेल्नेछ ।

त्यस्तै टिममा खेलाडीहरू आदित्य केसी, भिमसेन थापा, सुदीप केसी, सुजन बिक, सागर मगर, समर्पण थापा, नवीन बुढा, देबिट चौधरी, किरन योगी, निसान डाँगी, सन्तोष बिक, प्रमोद बुढा, कमल डाँगी, हिमाल नेपाली, केसमान घर्ती, विकास राई, श्रृजन श्रेष्ठ, इश्वर विक र बिकेश चौधरी रहेका छन्। त्यसैगरी अफिसियल टिममा खुमबहादुर ओली, खुमबहादुर पुन र विनोद बिक रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close