Menus

Sidha Patra बुधबार, चैत्र २०, २०८१

काठमाडौं । म्यान्मामा शुक्रबार ७.९ म्याग्निच्युडको भूकम्पपछि मृत्युको सङ्ख्या दुई हजार ८८६ पुगेको र चार हजार ६३९ जना घाइते भएका छन् ।

म्यान्मा रेड क्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्टले भने, “प्राकृतिक प्रकोपको मूल्याङ्कन र आपतकालीन आपूर्ति वितरणमा रसद समन्वयको अभाव प्रमुख समस्या बनेको छ ।”उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा सुरक्षा चिन्ताहरूका कारण आपूर्ति वितरणमा ठूलो समस्या भोगिरहेका छन्। यसका साथै, भारी यन्त्रको अभावले उद्धार कार्यलाई थप कठिन बनाएको म्यो न्युन्टले बताए ।

त्यस्तै यस भूकम्पले म्यान्माको पश्चिमी र दक्षिणी क्षेत्रलाई ठूलो प्रभाव परेको छ,जहाँ दर्जनौँ घर र इमारतहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । भूकम्पको गहिराई र दुरगामी प्रभावका कारण उद्धार कार्यमा समय लागिरहेको छ। सरकारले आपतकालीन राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपील गरेको छ ।

यस्तै राहत कार्यको लागि म्यान्माका प्रमुख शहर र ग्रामीण क्षेत्रहरूमा प्रभावित जनतासम्म खाना, पानी र स्वास्थ्य सहायता पुर्याउन प्रगति भइरहेको छ, तर हालको चिन्ता भनेको जीवितलाई उद्धार गर्न आवश्यक पर्ने थप स्रोत र उपकरणहरूको अभाव हो। रासस

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close