Menus

Sidha Patra शुक्रबार, चैत्र २२, २०८१

काठमाडौँ । सिरहाका पत्रकार मुकेश यादवमाथि संघातिक हमला भएको छ । बिहीबार हिजो सिरहाको बरियारपटीमा एउटा समूहले पत्रकार यादवमाथि आक्रमण गरेको थियो । आक्रमणपछि उनी घाइते भएका छन् । उनको उपचार जनकपुरमा भइरहेको छ ।

धरिलो हतियारले आक्रमण गरेकोले उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि सिरहा अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि जनकपुर पठाइएको छ । जनकपुर टुडेमा कार्यरत पत्रकार यादवले बसको फोटो खिचेको आरोपमा कुटपिट गरिएको बताइएको छ । बस सञ्चालक प्रमेश्वर यादवले आफूमाथि कुटपिट गर्न लगाएको पत्रकार यादवले दाबी गरेका छन् ।

त्यस्तै पत्रकार यादवले भने, ‘प्रमेश्वर यादवले ममाथि बसको फोटो खिचेको आरोप लगाएर मान्छे लगाएर कुटपिट गर्न लगाउनु भएको हो । जब कि उहाँको बसको मैले फोटो नै खिचेको छैन । बसको फोटो खिचेको हो भनि आशंका गर्दै मलाई फोन गर्दा मैले फोटो खिचिकै छैन भन्दा भन्दै उहाँले कुटपिट गर्न लगाउनु भएको हो ।’

नेपाल पत्रकार महासंघ सिरहा शाखाले एक प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र प्रेसमाथि बारम्बार भइरहेका आक्रमणहरू प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि गम्भीर खतरा उत्पन्न भएको उल्लेख गरेको छ ।

त्यस्तै पत्रकार मुकेश यादवमाथि भएको कायरतापूर्ण हमला प्रेस जगतको मात्र नभई सम्पूर्ण अभिव्यक्ति स्वतन्त्रता माथिको आक्रमण रहेको महासंघले उल्लेख गरेको छ । घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न महासंघले माग गरेको छ ।

यस्तै महासंघ सिरहा शाखाका उपाध्यक्ष रोयन्टल मण्डलले सिरहा जिल्लामा पटक–पटक पत्रकारहरु धम्की,आक्रमण र दमनको सिकार बनिरहेका छन् । अपराधीहरुलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारबाही नगरेसम्म यस्ता घटनाहरु पुनः दोहोरिन सक्छन् । सरकार, प्रशासन, र सरोकारवाला निकायहरु यस घटनालाई हलुका रुपमा लिन नहुने बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close