
Usb
Ssb
Ksb
Tgp
Rsb
Rks
Csb
jsb
Ksb
Ppu
Nsb
Fmb
Ksb
Ssb
Gsb
Bsn

Ssb
Gsb
Hl1
Tsb
Usb

ptl
Nps
Rgu
दाङ । गढवा उद्योग बाणिज्य संघले सोमवार एक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो बिमोचन संगै नयाँबर्षको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
संघका अध्यक्ष ओंम प्रकाश बसेलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले संघले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो बिमोचन गरेकि हुन् । बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाउँपालीकाका उपाध्यक्ष चौधरीले संघले प्रकाशन गरेको क्यालेण्डर पात्रोमा मात्र सिमित नभएर समग्र गढवा र राजपुर गाउँपालिकाका ऐतिहासीक, पुरातात्विक, धार्मिक र पयृटकीय स्थलहरुको पहिचान र प्रचारप्रसार समेत भएको बताइन् ।
त्यस्तै भित्ते पात्रो प्रकाशनलाई संघले नियमितता दिएकोले स्थानीय सरकारको पनि सहयोग रहने उनले बताइन् । उद्योगी ब्यवसायीहरुको हक,हित, अधिकार र न्यायका लागि काम गरिरहेको उद्योग बाणिज्य संघ स्थानीय सरकारको पनि एक महत्वपुर्ण सहयोगि निकाय भएकोले संघलाई स्थानीय सरकारको हमेसा सहयोग रहने बताकि छिन् ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष तथा संघका सल्लाहकार बिरबहादुर आलेले राजश्व परामर्श, विपद ब्यवस्थापन लगायतका समितिहरुमा रहेर स्थानीय सरकारलाई उद्योग बाणिज्य संघले महत्वपूर्ण सहयोग र समन्वयात्मक भूमिका निर्वाह गरेको औंल्याए । कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष धु्रबकुमार गहतराजले आर्थिक मन्दीका कारण ब्यवसायीहरु मारमा परेको, पलायन भै रहेको भन्दै सरकारका निकायहरुले उद्योगी ब्यवसायीहरुलाई स्थापित गर्नेतर्फ योजना बनाउन आग्रह गरे ।
सो अवसरमा संघका संस्थापक अध्यक्ष युवराज पोख्रेल, निवर्तमान अध्यक्ष खिमबहादुर बुढा मगर, पूर्व अध्यक्ष रविलाल आचार्य, सल्लाहकारहरु दिनमणि आचार्य, उमाकान्त पन्त, प्रेस सल्लाहकार शिबराज पन्थी, होटल ब्यवसायी संघ गढवाका अध्यक्ष रामबहादुर थापा,पत्रकार आलोक भावुक र आयाम सहकारीका सचिव श्याम बहादुर चौधरी लगायतले नयाँबर्ष–२०८२ को शुभकामना आदान–प्रदान गरेका थिए ।
त्यस्तै संघले दोश्रो पटक प्रकाशन गरेको उक्त क्यालेण्डरमा गढवा र राजपुरका ऐतिहासीक, धार्मीक, साँस्कृतिक र पुरातात्विक महत्वका पर्यटकीय स्थलहरुको प्रचार प्रसार समेत रहेको छ । संस्थाका बरिष्ठ उपाध्यक्ष मधा न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष दुखहरण यादवले गरेका थिए ।
