सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख बुधबार, चैत्र २७, २०८१

बर्दिया । बर्दियाको गुलरिया प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई कारबाही गरेको छ । मंगलबार पक्राउ परेका ६ जनामध्ये एक जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

गुलरिया नगरपालिका वडा –४ बेलौलीका बाबुराम गोडियालाई नियन्त्रणमा लिई प्रहरीले मुद्दा चलाएको हो । पक्राउ परेका अन्य पाँच जना प्रहरीमाथि हातपात नगरेको खुलेपछि तारिखमा छोडेको प्रहरीले जनाएको छ । प्रहरीमाथि आक्रमण गर्ने अन्य फरार व्यक्तीहरुको तीव्र रुपमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

त्यस्तै सोमबार राति गोडियाले आफ्नो छोराको मुन्डनको अवसरमा राति अबेरसम्म चर्को आवाजमा डिजे बजाई ध्वनि प्रदुषण गराएको गुनासो आएपछि प्रहरी टोली खटिएको थियो । प्रहरीले ध्वनि प्रदुषण नगर्न सम्झाउँदा घरधनि गोडियालगायतका व्यक्तिहरु प्रहरीमाथि लाठी तथा ढुंगा–मुढा प्रहार गरेका थिए ।

यस्तै प्रहरी हवल्दार आरिफ अली बेहेनाको टाउकोमा चोट लागि औषधी उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी उक्त घटनामा एक जना प्रहरी जवान सामान्य घाइते भएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]