Sidha Patra बिहिबार, चैत्र २८, २०८१

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासङ्घको प्रतिनिधि मण्डलले बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

त्यस्तै सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ध्यानाकर्षणका साथमा पुराना सहमतीहरु र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरुको २४ बुँदे सूची समेत बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा नयाँ शिक्षा ऐन जारी गर्ने सवालमा सरकारको मार्ग चित्र के हो ? त्यसमा प्रष्टता आवश्यक छ । साथै विगतका सहमती कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्री परिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन विलम्ब किन भएको हो ? यसको ठोस जवाफ खोजेको जनाएको छ ।

त्यस्तै महासङ्घ र सरकारबिच वार्ताको वातावरण निर्माणमा यी विषयमा सरकारको तर्फबाट प्रष्टता आवश्यक भएको जनाएको छ । महासंघको प्रतिनिधिमण्डलमा महासचिव तुला बहादुर थापा, उपमहासचिव अर्थ मदनराज जोशी र नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावल रहेका छन्।

यस्तै पाँच बजेबाट जारी भएको छलफल अहिलेसम्म चलिरहेको छ । छलफलमा महासंघको तर्फबाट ४ जना र मन्त्रालयको तर्फबाट शिक्षामन्त्री भट्टराई, शिक्षा सचिव डाक्टर दिपक काफ्ले र २ जना सहसचिव गरेर ४ जनाको सहभागीता रहेका छन् । रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]