Sidha Patra बिहिबार, फाल्गुण १३, २०७७

वीरगञ्ज । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित बाराबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया-७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई पक्राउ परेका हुन् । फागुन १२ गते बिहान साढे ११ बजे कलैया-मटिअर्वा सडकखण्ड अन्र्तगत कलैया उपमहानगरपालिका- ८ बरेवा टोलमा चेकजाँचको क्रममा उनीहरुको साथबाट उक्ता परिमाणको रकम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनु भयो ।

बीआर०५के ०७९८ नम्बरको मोटरसाइकलको डिक्किमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम फेला परेको उहाँले बताउनु भयो । उनीहरुको साथबाट प्रहरीले एक हजार दरका १,७७२ थान अर्थात १७ लाख ७२ हजार ,५०० रुपैयाँ दरका १,५२६ थान अर्थात ७ लाख ६३ हजार रुपैयाँ गरी २५ लाख ३५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकोले मोटरसाइकल र दुवैजना मानिसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]