दाङ । नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं दाङ क्षेत्र नम्बर-१का इन्चार्ज,युवा नेता तथा सफल व्यावसायि नारायण डिसी छम्पालीले (कोभिड-19) रोकथामको लागि आफ्नो गोदाम घर निशुलकरुपमा सम्बन्धित सरोकारवाला निकायलाई उपलब्ध गराउने जानकारी दिनु भएको छ । यस्तै डिसी छम्पालीले स्थानीय स्तरमा यतिबेला महामारीको रुप लिएर फैलिएको कोरोना भाइरस (कोभिड-19) ले गर्दा दिनप्रतिदिन मानिसले अकालमा ज्यान गुमाइरहेको समयलाई मध्यनजर गरि यस प्रस्थितिलाई रोकथाम गर्नको लागि स्थानीय सरकारलाई सहयोग स्वरुप लमही नगरपालिका वडा नम्बर-२ श्रीगाउँमा रहेको विद्युत सुबिधा सम्पन्न गोदाम घर आफुले उपलब्ध गराउने बताउनु भयो ।त्यस्तै सो गोदाम घरको ९० फिट चाैडाई भएको र १३५ फिट लम्बाई तथा ३५ फिट उचाइ गरि जम्मा१२,१५० बर्ग फिट रहेको औधाेगिक विद्युतको लागि १०० केभीवाटको ट्रान्समिटर समेत जडान गरि विद्युत सुचारु रहेकाे र कम्पाउण्ड वालले घेरिएकाे उद्योग परिसर प्राबिधिक रुपमा उपयुुक्त रहेको हुँदा महामारी अवधिभर आफुले निशुल्क रुपमा उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।यसैगरी छम्पालीले सम्बन्धित सरोकारवाला निकायलाई भवन आवश्यक परेमा आफुलाई सम्पर्क गर्नको लागि आफ्नो सम्पर्क नम्बर उपलब्ध गराउनु भएको छ । सरोकारवाला निकायको सम्बन्धित व्यक्तिले निम्न मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नु हुने छ । ९८४७८२०६८८