मणि भुषाल,बुट्वल। आइतबार, चैत्र ३०, २०७६

सबैभन्दा  सर्बश्रेष्ठ प्राणीको संज्ञा पाएका छौं हामिले,त्यसैले त हामी मानव हौं। हामीले जन्मेदेखि मृत्यु सम्मको दौरानमा दुःख कष्ट, पिर, ब्यथा अनि रोग अंह केहिपनि नआअोस भन्ने भावना राख्छौं,तर प्रकृतिले कसरी थेग्थ्यो र । कहिले हैजाको महामारिले उदण्ड मच्चाईदिन्छ,कहिले भुकम्प पठायर तहसनहस बनाईदिन्छ । हो, अाज त्यस्तै भएको छ। संधै नक्कलि ब्राण्डको उपमा पाएको छिमेकि मुलुक चिनले अाज सक्कलि ब्राण्डको संज्ञा पायको छ । सुरु मै अाफ्नै मुलुकको बिचल्लि नझेलेको पनि कहाँ होर ,तर त्यति मै खुःसि हुनै सकेन पापि प्रकृति ।भाईरस छिर्यो भने त मोबाईल पनि ह्याङ्ग हुन्छ रे भनेर मात्र बुझेका हामी सोझा नेपाली हरुलाई पनि अाज सिमेन्टको भित्ता भित्र खुम्चिने बनायको छ त्यो भाईरस (कोभिड १९) ले । एउटा गुमनाम राज्यमा ऊत्पति भएर विश्व मै तहल्का मच्चाउन सक्ने कोरोना थाहा थियन तं भित्र यति ठूलो शक्ति छ भनेर,लाखौंको बिचल्लि बनाएको छस तैंले। अांखाका नानि जस्ता छोराछोरिलाई बाबू अामाको काखबाट छुटायको छस अनि जिबनमा एकपटक मात्र पाईने ईश्वर रुपि बाबू अामा लाई अाफ्नो खुःसि सुनाऊन नपाऊंदै कयौं छोरा छोरीहरुलाई टुहुरो बनायको छस,थाहा छैन कुन गल्तिको संजाय भोगाउदै छस सारा मानिसहरुलाई।थाहा छैन तेरो मन कहिले खुःसि हुन्छ। हो अाज गाऊं सुनसान छ,टोल सुनसान छ,नगर बजार सुनसान छ अनि सारा देश सुनसान छ । अौषधि छैन घरमा, चामल छैन, दाल छैन। सांझ बिहान छाक टार्न कै लागि खोले बनाउनमा ब्यस्त छु म अनि राहतको लागि पलास्टिकको चामल देखायर फोटो खिच्न मै ब्यस्त छ सरकार ।ज्वरोले बच्चा छटपटि रहेको छ, मजदुरि गरेर छाक टार्ने बाबु बच्चाको उपचारको लागि साहुसंग दुई पैसा गुहार्न मै ब्यस्त छ अनि त्यै उपचारको लागि आयको सामान माथि भ्रष्टचार गर्न मै ब्यस्त छ सरकार । हो ! अाज देश रोईरहेको छ, मनमा खुःसि छैन अनि हर्ष छैन। प्रदेशबाट बाबुले फोन गरेर नयांबर्षमा घरको छानो फेरौंला भनेका अावाजहरु छोराको कानमा गुञ्जिरहेका छन। शहरबाट दाजुले फोन गरेर नयांबर्षमा नयां लुगा किनिदिऊंला भनेका अावाजहरु एउटि दृष्टिबिहिन बैनिका कानमा गुञ्जिरहेका छन्,अनि छोराले यसपालिको नयांबर्षमा तपाईंको धुजा-धुजा परेको कोट फेरिदिन्छु भनेका अावाजहरु गन्गनाउंदै सेतै फुलेका बुढा बा पिंडिमा सुस्केरा हाल्दैछन। सबैको मनमा खुःसि ल्याउने नयांबर्ष निराश छ अहिले।अांखामा कालोपट्टि बांधेर अायको छ नयांबर्ष। ता कि कसैको पीडा देख्न नपरोस । हो खल्लो भयको छ नयांबर्ष। शुभकामनाका हर्ष र उल्लासले रङ्गिने फेसबुक अाज भोकले छट्पटियका तस्बिर हरुले रङ्गियको छ। मलाई भेटेर मेरो स्नान गर्न अाऊंछन भनेर कुरिरहेको शालिनदि रिसायको छ अाज, रिसले छेउकुना बडारिंदै दौडिरहेको छ,त्यहि शालिनदिको किनारमा सबैलाई नचाऊने हार्मोनियम बन्द दराजमा निदाईरहेको छ अाज ,छैन ढोकासम्म गएर ऊस्लाई ब्युंझाऊने खुःसि कसैसंग छैन। नयांबर्षमा साथिभाई भेट हुंदा चियाका कप र चुरोट का ठुटाहरु ले रङ्गिने पर डांडाको चौतारि अाज एक्लो भयको छ,मिर्मिरे सांझमा अमिलो पानिपुरि ले सबैको निन्द्रा ब्युंझाईदिने सानो यादब भाई बोर्डरमा झोलाको सिरानि हालेर अांफै निदायको छ अाज। साथिभाई संगै बन्द कोठामा बसेर ठोक्किने त्यहि कांचका गिंलासहरुले भोकायको पेट देखायर मुलबाटो हेरिरहेका छन। दिनभरि ईट्टा बोकेर सांझ अाफ्नो परिवारको लागि चामलको बोरा बोक्ने छिमेकि दाईको कांध रित्तो भयको छ अाज,अनि सडकमा हराएको छ उन्को जिवनबादी अावाज। हो! यस्तै पिडामा रोमलिएको छ नयांबर्ष। हरेक बिहान झ्यालसम्मै अाएर ब्युंझाऊने हिमाल अाज एक्लो भएको छ।दैलोसम्मै आएर बोलाऊने लालुपाते अोईलियको छ ।अनि गोधुलि सांझमा अायर म संगै खेल्ने भंगेरि चरि अाहारा खोज्न भौंतारिरहेकि छ ।अाज।अनि म शहरको कुनामा सिमेन्ट भित्र कैद छु। भुंई सिमेन्टको, अाकास सिमेन्टको, भित्ता सिमेन्टको धन्न म सिमेन्ट भैसकेको छैन त्यत्ति मै खुःसि छु।यहि बन्द कोठामा संसार चिहाऊने एऊटा टि:भि छ,जो देखाईरहन्छ हरदम संक्रमित समाचार। यता म हात धुन मै ब्यस्त छु। उता सहयोगमा आयको समान सरकार कै मान्छेले नलुकाअोस भनेर चिहाऊन मै ब्यस्त छ सरकार।जुन तराजुमा अरुलाई तौलिनुहुन्छ त्यै तराजुमा एकपटक अांफुलाई पनि तौलेर हेर्नुस भनेर सरकारलाई खबरदारि गर्ने हिम्मत छैन हामि संग। छिमेकि देशमा ऊत्पत्ति भएर विश्व मै तहल्का मच्चाउन सक्ने कोरोना मेरो देशमा सलाम छ तंलाई। हामि त बुद्ध जन्माएर बुद्धि हराएका नरपशु, हामी त वीर योद्धा जन्माएर कांतर गुफामा लुकिबसेका मान्छे। अाफनै गोठका अगय बस्तुले पनि चिन्दैनन हामिलाई।तर तेरो यत्रो कमाल ? यसपालि विश्व यात्रामा निस्कियको कोरोना लाखौं मानिसहरु मारेर नयां-नयां किर्तिमान राख्दैछस रे,छिमेकि देश भारतमा पनि उदण्ड मच्चाउंदै छस रे,जान्दिन बाऊ-अामा को हुन? तेरो गुंण चरित्र को हो? के हो उदेश्य? र कस्ले दियो यसरी विश्व यात्रामा निस्कने अाजादि भिसा ?छिमेकि देश भारतमा पाईला टेकेपछि अब नेपालमा प्रबेस गर्न कुनै भिसाको झण्झट बेहोर्नु पर्दैन। छिमेकि हावाले हल्लिने हाम्रो ‘पात’ राजनिति, संधै बीस फैलाईरहने सिंहदरबारको रुख,तैं संग भिड्न लागिपर्ने दुष्ट राजनितिकर्मिहरु,संधै बाह्र सुर्य उदाईरहने शितल निवास अनि चोर,गुण्डा,फटाहा,दुष्ट,भ्रष्टचारि र बलत्कारिहरुलाई एकपटक भेटेर बताईदिनु , सडिसकेको फोक्सोले कहिले सम्म चल्छ देश ? ओ अप्रिय कोरोना संसार डुलिहिंड्ने तिमी के मेरो सानो संसार मा अट्छौ र ?

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]